विजयपुर /शनिबार बिहान धरान –१५ स्थित पिण्डेश्वरी चौक छेउमा युवाहरु बिच कट्टि हानाहान हुँदा एक जनाको ज्यान गएको छ ।

शनिबार बिहान ३ बजे युवाहरुबिच झगडा भएको प्रहरीले जनाएको छ । झगडामा कट्टि हानाहान हुँदा धरान धरान –कै ३० बर्षिय चुचु भन्ने दिपक राईको ज्यान गएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी कार्यालय धरानले जनाएको छ ।

hatya

घटनामा संम्लग्न एक जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिए ।मृतक राईको शरिरका बिभिन्न ठाउमा धारीलो हतियार प्रहार गरिएको देखिएको छ ।

उनको धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले थप बिवरण आउन बाकी रहेको जनाएको छ ।