काठमाडौँ / संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राज्य पुनःसंरचना आयोगको प्रतिवेदन सार्वजनिक नहुन्जेल स्थानीय निकाय पुनःसंरचना आयोगको काम रोक्न माग गरेको छ । मोर्चाको यहाँ शुक्रबार बसेको बैठकले सीमाङ्कन तथा सङ्घीयताको टुङ्गो नलाग्दासम्म स्थानीय निकाय पुनःसंरचना आयोगले गर्ने कार्यको औचित्य नरहने ठहर गरेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।