विजयपुर/सरकारका प्रबक्ता एबम् सुचना तथा सञ्चारमन्त्रि शेरधन राईले काङग्रेश र माओबादी केन्द्रले देश र जनताप्रति घात गरेको बताएका छन् ।राष्ट्रिय स्वाधिनताको पक्षमा उभिएर देश बिकाशको कार्य थालनी गरेको सरकारलाई ढाल्नु देश र जनता प्रतिको घात भएको बताए ।

शुक्रबार प्रेश चौतारी सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बर्तमान सरकारले संबिधानले दिएको अधिकार प्रयोग गरे नयाँ सरकार गठन गर्न बाटो खोलीदिएको बताए । इतिहासमा पहिलो पटक नेपाली जनता आफैले लेखको संबिधान जारि गर्नु ऐतिहासिक उपलब्धी भएको समेत उनले बताए ।
(सञ्चारमन्त्रि राईको मन्तब्य सुन्नुहोस्)
[audio m4a="http://blastkhabar.com/wp-content/uploads/2016/07/sherdhan-rai-speech.m4a"][/audio]
संबिधान बनाउदै गर्दा अदृश्य र अनुचित अबरोधहरु आएपनि एमालेको नेतृत्वले त्यसर्लाइ सहजै पन्छाएको उनले बताए ।देशको अस्मिता,सार्बभौमिक्ता र राष्ट्रिय स्वाधिनताका पक्षमा उभिएर एमाले नेतृत्वको सरकारले काम गरेको थियो –सञ्चार मन्त्रि राईले भने । एमाले नेतृत्वको सरकारले देश र जनताको शिर उठाउने काम गरेको थियो उनले भने ‘ नेपालको इतिहासमा सबैभन्दा लोकप्रिय सरकारको रुपमा यहि सरकार भएको छ ।
अब बन्ने सरकारको बारेमा बोल्दै उनले एमाले अब प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा काम गर्ने बताए । एमाले सरकारमा नरहेपनि बर्तमान सरकारले ल्याएका बिकाशका योजना पुरा गराउन सधै भुमिका खेल्ने बताए ।