धरान/सद्भावना पार्टिका अध्यक्ष राजेन्द्र महतोले काङग्रेश नेतृत्वको सरकारमा सहभागि हुने संकेत गरेका छन् ।
शुक्रबार रिपोटर्स क्लबले आयोजना गरेको सात्क्षात्कर कार्यक्रममा बोल्दै उनले माओबादी केन्द्र र काङग्रेश बिच भएको नौ बुदे सम्झौताको एक नम्मर बुदामै मधेशका समस्या समाधान गर्ने उल्लेख भएको भन्दै उनले ‘सरकारमा सहभागि हुन अनुरोध गरे,सर्त सहित हामी सहभागि हुन सक्छौं’ उनले भने ।

मजाकको शैलिमा बोल्दै उनले केपी ओली नेतृत्वको सरकारलाई आफुहरुले गलाउन नसकेको भन्दै अब चै माग सम्बोधन हुने आशा पलाएको बताए । उनले भने, ‘अहिले उहाँहरुले हाम्रो समर्थन माग्नु नै भएको छैन, यदि माँग्नु भयो भने हामी उहाँहरुसँग प्रष्ट रुपमा हाम्रा माग सम्बोधन गर्नेवारे कुरा राख्छौं ।’
मोर्चाले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा जानबाट रोकिरहेको छ रे नि त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने,’त्यो हाम्रो मतलवको विषय भएन, हामी उहाँलाई किन राक्छौं र ? प्रचण्डजीले जसलाई ल्याउन चाहनुहुन्छ त्यसलाई ल्याउन सक्नुहुन्छ ।’ यद्यपि उनले गच्छदार मधेश विरोधी नेता भएको भन्दै आलोचना समेत गरे ।