काठमाडौँ /संविधानसभा र व्यवस्थापिका–संसद् बैठकका थाती अभिलेख उतार्ने (डिकोड) कामलाई संसद् सचिवालयले अघि बढाउने भएको छ । दोस्रो संविधानसभा–२०६४ सालमा निर्वाचित भएपछिका एक वर्षका बैठकका अभिलेख उतार्ने काम भएको थियो भने २०६५ यताका अभिलेख केवल श्रव्य दृष्यमा सीमित छन् । मुलुकमा पहिलोपटक जननिर्वाचित संविधानसभाबाट संविधान बनाइएका बैठकका गतिविधि र सभासद्का धारणाको अभिलेख ऐतिहासिक काम भएकाले ढिलै भए पनि यसमा सचिवालयले चासो दिएको हो । सचिवालयले सहसचिव डा रोजनाथ पाण्डेको संयोजकत्वमा समिति गठन गरी अभिलेख उतार्ने, वेभसाइट ताजगीकरण र सांसद तथा सञ्चारकर्मीसँगको सञ्चारलाई व्यवस्थित गर्ने जिम्मा दिएको छ । सहसचिव पाण्डेका अनुसार बाँकी डिकोडिङको काम अघि बढाउन विशेषज्ञ संस्था र व्यक्तिबाट बोलपत्र आह्वान गरिएको र चाँडै जिम्मेवारी दिइने बता सचिवालयले त्यस्ता अभिलेख आफ्नो पुस्तकालयका साथै राष्ट्रिय अभिलेखालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित कार्यालयमा पठाउनेछ । त्यस्तै सांसद वा अनुसन्धानकर्ताले मागेमा त्यस्तो अभिलेखका प्रति प्रमाणित गरी दिइनेछ । डा पाण्डेले सचिवालयको वेभसाइटलाई अन्तर्राष्ट्रियस्तरको बनाउन बैठकका सबै गतिविधि र दस्तावेज समावेश गर्ने, सांसदसँग वेभसाइटबाट सञ्चार तथा सञ्चारकर्मीसँगको सञ्चारलाई प्रभावकारी बनाउने काम पनि भइरहेको जानकारी दि सचिवालयको कार्यव्यवस्था महाशाखा मातहतको कार्यव्यवस्था र सूचना तथा अनुसन्धान महाशाखाले यी कामको संयोजन गर्नेछ ।