ताप्लेजुङ/नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकार गठनका लागि काँग्रेश र माओवादि केन्द्र बिच भएको सात बुँदे सहमति खारेज गरे एमाले सरकारमा सहभागि हुने बताएका छन् । पारीवारीक सिलसिलामा गृह जिल्ला ताप्लेजुङ आएका भट्टराईले बुधबार प्रेश चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार संमेलनमा बोल्दै यस्तो बताएका हुन् । अहिलेकै अबस्थामा सहमतीय सरकारको सम्भावना नरहेको र सहमतीय सरकार गठन गर्न कांग्रेस र माओवादी केन्द्रले चाहे सात बुँदे सहमति खारेज गर्नुपर्ने सचिव भट्टराईको भनाई छ । बुँदा खारेज नभए एमाले प्रतिपक्षको च्याम्पियन नै भएको भन्दै प्रतिपक्षमा बसेर राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने उनको दाबी छ । यसैबीच सचिव भट्टराईले प्रचण्ड र शेरबहादुर देउवाको गठबन्धनलाई जगबिनाको गजुरको संज्ञा समेत दिए । विदेशी ईसारामा उपहारमा प्राप्त भएको प्रधानमन्त्री पद प्रचण्डको केही दिनको रामछायाँमात्र हुने बताउँदै उनले परीक्षण भईसकेका प्रचण्ड र देउवाको गठबन्धन लामो समय नटिक्ने जिकिर गरे । “उपहारमा पाएको प्रधानमन्त्री पदमा प्रचण्डले मख्ख नपरे हुन्छ, आफ्नो बुँताले पाएको चीजको मात्र माया हुन्छ” भट्टराईले भने । अब बन्ने सरकारले मुलुकको आर्थिक सम्बृद्धि, राष्ट्रिय स्वाधीनता, छिमेकीसँग बढाएको सन्तुलित सम्बन्धको आधारलाई टिकाई राख्न नसक्ने बताउँदै एमालेले बनाएको छवि कहिलै नधमिलाउने बताए । एमाले राजनीतिक कुरा गर्ने भएकाले गरेको कुरालाई पु¥याउन अबको एमालेको नीति रहने सचिव भट्टराईले बताए ।