काठमाडौं । नेपाली कांग्रेस, माओवादी र मधेसवादी दलहरुको शीर्ष नेताहरुबीच सरकार बनाउने विषयमा अहिले बैठक चलिहरेको छ ।उनीहरु सरकार परिवर्तनका विषयमा छलफल चलाइरहेका छन् । कसरी अघि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको स्रोतले बताएको छ ।कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी छ । सहमतिको प्रयासमा प्रमुख दलहरुको बैठक बस्नु अघि सरकारको विपक्षमा रहेका दलहरुको बैठक बसेको हो ।कांग्रेस र माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् र आन्दोलनमा रहेको मधेसी मोर्चाले पनि यसमा समर्थन गर्ने निर्णय गरिसकेको छ ।