ताप्लेजुङ/नेपाली कांग्रेस ताप्लेजुङ जिल्ला कार्य समितिले १३ औँ अधिवेशन सकिएको पाँच महिना पछि पुर्णता पाएको छ ।
अधिवेशनबाट निर्वाचित समितिले मनोनयन गर्ने एक उपसभापति, सचिव, सहसचिव र तिन जना सदस्य पाँच महिना पछि हालैको बैठकले मनोनित गरे संगै समितिले पुर्णता पाएको हो ।

जिल्ला कार्य समितिको बुधबार र विहिवार दुई दिन सम्म चलेको बैठकले निर्णायर्थ उपसभापतिमा मणि लाबुङ, सचिवमा मंगल मेन्याङ्बो, सहसचिवमा कल्पना खड्का र तिन सदस्यहरुमा क्रमस गजेन्द्र तुम्याहाङ, मातृका शेर्पा र उदय आंबुहाङलाई मनोनयन गरेको कांग्रेस ताप्लेजुङले जनाएको छ ।
यता जिल्लाको क्षेत्र नम्बर एकको क्षेत्रिय कार्य समितिले समेत पुर्णता पाएको छ । क्षेत्रिय कार्य समितिको बैठकले उपसभापति, सचिव र सहसचिवमा क्रमस बमप्रसाद गौतम, गोपाल गुरुङ र गोमाहाङ्मा लिम्बुलाई निर्णायर्थ मनोनयन गरेको जनाईएको छ । यस अघि विभिन्न कारणले समयमानै कार्य समितिलाई पुर्णता दिन नसकिएको बताईएको छ ।