dhankutaधनकुटा /  सोमवार राती परेको अविरल वर्षाले गर्दा मंगलवार विहान कोशि लोकमार्ग ५ घण्टा अवरुद्ध भएको छ । कोशि राजमार्गको भेडेटार मुलघाट सडक खण्डको गर्जुवा खोलामा आएको वाढी पहिरोले गर्दा कोशि लाकमार्ग ५ घण्टा अवरुद्ध भएको हो । वर्षादसंगै नियमित आउने वाढी पहिरोले गर्दा महाभारत गाविस वडा नं.४ मा वसोवास गरिरहेका १३ घर परिवार पहिरोको जोखिममा परेका छन् । हरेक दिनको भारी वर्षाले गर्दा गर्जुवा खोलमा आएको वाढीसंगैको पहिरोले गर्दा खोला किनारमा वसोवास गरिहेका १३ घर परिवार जोखिममा परेका हुन । वाढी पहिरोका कारण महाभारत गाविस वडा नं.४ मा वासोवास गरिरहेका पुष्पलाल राई, लिला मगर, गोर्खावहादुर राई, सीताराम दास, बालिके राई, विकास राई, विष्णु राई,धनवहादुर राई, रामसा राई, थामवहादुर राई, जगादेवी राई, होम वहदर लिम्वु र थाम वहादुर राईको घर जोखिम परेको हो । वाषैं देखी गर्जुवा खोलाको वाढी पहिरोको चपेटामा पर्दै आएका महाभारत गाविस वडा नं.४ का वर्ष ४५ का पुष्पलाल राई भन्छन “के गर्ने गाउँवाट पनि पहिरोको कारण महाभारत गाविसको आस्कोट देखी पाँच वर्ष अघि गर्जुवामा आएर वसेको तर वर्खा लागे पछि केहिल्यै पनि सञ्चले आरामसंग सुत्न पाईन्दैन ।” राईले साँझ परेपछि पानी पर्न थाल्यो भने रातभरी घरको टाँडमा चडेर जागै वस्नु पर्ने वाध्यता रहेको वताए । अर्का राईका छिमेकी होमवहादुर लिम्वुका अनुसार रातीको समयमा पानी पर्दा वाढी आएको खण्डमा भाग्नु प¥यो भने केटाकेटी र वृद्धवृद्धालाई सवै भन्दा वढी समश्या हुने गरेको वताए । लिम्वुले जाने ठाउँ अन्त कतै नभएपछि पहिरो आउँछ भन्ने थाहा भएर पनि वाध्य भएर जोखिम मोलेर भए पनि वस्नु परेको वताएका छन् । यो भन्दा पहिले पनि ०७० श्रावण २३ र ०७१ भाद्र २६ गते परेको अविरल वर्षाले गर्जुवा खोलामा आएको वाढी पहिरोले गर्दा लाखौंको क्षति पु¥याएको थियो । यो वर्ष मात्र गएको जेष्ठ १६, १९ र २१ गते असार लागेर लगतार गर्जुवा खोलाले राजमार्ग अवरुद्ध पार्दै आएको छ । गर्जुवा खोलाको आसपासमा वसोवास गरिरहेका स्थानियवासीलाई स्थानिय प्रशासनले सो स्थानवाट तत्काल नहटाए कुनै पनि वेला ठुलो मानविय क्षति वेहोर्नु पर्ने परिस्थिति सृजना हुने नेपाल निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष भवानी शंकर चाम्लीङ्गले वताएका छन् । वेलैमा स्थानिय सरकारले सो क्षेत्रका स्थानिय वासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरण नगरे मानविय क्षति आउन सक्ने वताएका छन् । अर्का स्थानिय व्यापारी सीताराम दासले पानीको ५ मिनेट नवित्दै ढुङ्गा, माटो सहितको वाढी आउने गरेकाले गर्जुवाको किनारमा वर्षाको समयमा वसेर व्यावसाय गर्न जोखिम वढेको वताएका छन् । मंगलवार भएको अवरोधलाई जिल्ला प्रहरी कार्यालय धनकुटावाट खटिएको जनपथ प्रहरी, ट्राफिक प्रहरी, शसस्त्र प्रहरी वल छिन्ताङ्ग गुल्मका सुरक्षाकर्मीहरु र सडक विभागको डोजर प्रयोग गरेर गर्जुवाको पहिरो पाँच घण्टाको प्रयास पछि हटाएका थिए । त्यसैगरी भेडेटार छ नं वुधवारे सडक खण्डमा गए राति परेको पानीसगै पहिरोले अवरुद्ध खडक करवि नौ घण्टा पछि मंगलवार सााझ खुलेको छ । डाँडावजार प्रहरी चौकीका असई मोहित नारायण यादवको नेतृत्वमा खटिएको टोली,इलाका प्रहरी चौकीको सहयोग र स्थानियहरुको सक्रियतामा भेडेटार छ नं वुधवारे सडक खण्ड खुलेसँगै विभिन्न सवारी साधन आवात जावात सााझवाट सुचारु भएको छ । डाडावजारको ओख्रे र राजारानिको मिलन चौकमा खसेको पहिरो हटाए पछि सवरी साधन सञ्चालनमा आएको स्थानिय धु्रव गाउँलेले ब्लाष्टलाई जानकारी दिएका छन् ।