काठमाडौँ/प्रचण्ड नेतृत्वको एमाओवादीसँग गरेको १२ बुँदे सहमतिले पार्टी विभाजन भएको भन्दै मोहन बैद्य किरणले एकतामा नाममा बादल समूहले आत्मसमर्पण गरेको दाबी गरेका छन् ।
पार्टी एकतालाई लिएर चलेको दुई लाइन संघर्षलाई एकता, संघर्ष र रुपान्तरणको विधिबाट समाधान गर्ने केन्द्रको प्रयास असफल भएको केन्द्रीय वैद्य माओवादी केन्द्रीय समिति बैठकले निक्र्यौल निकालेको छ ।
रामबहादुर थापा बादल समूह पार्टीबाट अलग भएपछि पहिलो पटक बसेको केन्द्रीय समिति बैठकमा बैद्यले राजनीतिक प्रतिवेदन पेश गर्दै दुई लाइन संघर्षलाई एकता, संघर्ष र रुपान्तरणको विधिबाट समाधान गर्ने केन्द्रको प्रयास असफल भएको बताएको हो ।
बैठकले प्रचण्डको नेतृत्वमा बसेको नेकपा माओवादी केन्द्र दक्षिणपन्थी नवसंशोधनवादी भएको ठहर गरेको छ । उससँग एकता नगर्ने निर्णय लिएको अध्यक्ष मोहन बैद्यले जानकारी दिए ।
बैठकले असार ५ गते राष्ट्रिय भेला बोलाएको छ । साथै मधेसी, थारु, जनजाति आन्दोलनका जायज मागको सम्बोधन गर्ने र सहभागी हुने बैद्य माओवादीको निर्णय छ । साथै छुट्टै कार्यक्रम पनि गर्ने बताएको छ ।