Maoist-Centre

काठमाडौँ / एकीकृत माओवादी पार्टी र रामबहादुर थापा बादलको समूह, विप्लव माओवादीबाट आएका तिलक परियारको समूह, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट, मातृका यादवको नेकपा (माओवादी) र जयपुरी घतीलगायतको पार्टी एक भएपछि अब एकीकृत माओवादी ‘नेकपा माओवादी केन्द्र’ भएको छ ।

विभाजित माओवादीहरुको एकता घोषणा बिहीबार हुँदैछ । एकता घोषणा अघि बबरमहलस्थित एक पार्टी प्यालेसमा संयुक्त अधिवेशन चलिरहेको छ । दिउँसो ३ बजे पार्टी एकताको औपचारिक घोषणा हुनेछ । एकतापछि पार्टीको नाम नेकपा (माओवादी केन्द्र) राख्ने सहमति भएको छ ।

नयाँ पार्टीको अध्यक्ष प्रचण्ड नै रहनेछन् । नारायणकाजी श्रेष्ठ प्रकाश उपाध्यक्षमै रहनेछन् भने रामबहादुर थापा बादल महासचिव हुने र कृष्णबहादुर महरा उपमहासचिव हुनेछन् ।

एकताबद्ध माओवादी केन्द्रले एक वर्षभित्र महाधिवेशन गर्ने समझदारी गरेका छन् । त्यसका लागि ५ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइने तयारी भइरहेको छ ।