प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानिय निकायको निर्वाचन गर्न सबै दलबाट सहयोगको आह्वान गरेका छन् । स्थानिय निकायमा जनप्रतिनिधीहरु नहुदा देशले बिकाशको गति लिन नसकेको भन्दै प्रधानमन्त्रि ओलीले देश बिकाशको मुद्धामा अनाबश्यक बखेडा नगर्न र निर्बाचनको तयारी जुट्न आग्रह गरेका हुन ।
स्थानीय चुनावले संविधान कार्यान्वयनमा समस्या नहुने भन्दै देशलाई संबृद्धिको गतिमा लैजाने गरि सहयोग गर्न उनले आह्वान गरेका हुन् । ब्यस्थापिका शुक्रबारको संसदमा उठेका प्रश्नहरुको जबाफ दिदै प्रधानमन्त्रि ओलीले चुनाबकालागि एकजुट हुन दलहरुलाई आह्वान गरेका हुन । उनले चुनावका लागि आवश्यक कानूनी तथा भौतिक पूर्वाधारको तयारीमा सरकार लागि सकेको स्पस्ट पारेका छन् । ‘स्थानीय तहको पुनसंरचना गर्न केही समय लाग्छ । स्थानीय निकायमा झण्डै डेढ दशकदेखि जनप्रतिनिधिविहिन अवस्था अन्त्य गर्न चुनाव जरुरी छ ।’ प्रधानमन्त्रि ओलीले भने । ‘आवश्यक कानूनका लागि सरकारले तयारी गरिसकेको छ । यो अधिवेशनमा कानुन पारित हुनेछ । आयोगले माग गरेको सबै व्यवस्थाका लागि सरकार तयार रहेको भन्दै उनले ‘तोकिएको मितीमा चुनाव सम्पन्न गर्न सबै दलहरु एकजुट हुन म हार्दिक आह्वान गर्छु ।’स्थानिय निकायको निर्बाचन सँगै देशले बिकाशको गति लिने भन्दै उनले बिकाशले राजनैतिक गति नलिएको बताए । अब देशमा आर्थिक बिकाश र संबृद्धिको खाचो छ,उनले भने सरकारले कहाँ के गर्नु पर्ने हो सुजबुझका साथ गर्छ सबै दलहरुबापनि सहयोगकोलागि आह्वान गर्छु ।
काङग्रेशलाई जबाफ
संसदमा जबाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा राजनीतिक हस्तक्षेप भएको भन्ने विपक्षीको आरोपलाई समेत अस्वीकार गरेका छन् ।अदालतमा न्यायधिस सिफारीस गर्दा बिगतमा जस्तो भागवण्डा नगरिएको उनले प्रस्ट्याए । आफ्नो भाग पाईन भनेर चित्त दुखाउनु हुदैन,उनले भने ।नेपाली काङग्रेशले संसदमा सर्वोच्चका ११ न्यायाधीश सिफारिसलाई लिएर सरकारमाथि अदालतमा राजनीतिक हस्तक्षेप गरेको आरोप लगाएको छ ।सरकारले सरकारले अदालतलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने प्रयास गरेको दाबी गर्दै उनले यसलाई बुझ्न कमजोरी भएको हुन सक्ने दाबी गरे ।