पार्टी एकताको प्रयासमा रहेका एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादी (बादल समुह) बिच १२ बुदे सहमती भएको छ । यो सम्भाता सँगै बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओादीमा रामबहादुर थापा बादल हाबि भएका छन् भने अध्यक्ष मोहन बैद्य एक्लिएका छन् ।
एकिकृत माओबादी सँग एकिकरण गर्ने बहुमत सदस्यहरुको नेतृत्व गर्दै बादलले बुधबार एमाओबादी (प्रचण्ड) सँग १२ बुदे सहमती गरेका छन् । सहमतीका बुदाहरुमा एमाओवादी नेताहरु केही सुझाव सहित पारित भएको छ ।स्रोतका अनुसार पार्टी एकतापछि समाजवादी क्रान्तिको मुल मुद्धा लिएर त्यसकै दिशामा बढाउने सहमती भएको छ । नयाँ संविधानमा नै मुलुक समाजवाद उन्मुख भनिएको छ र एमाओवादीले पूँजीवादी क्रान्तिको कार्यभार पूरा भइसकेको निष्कर्ष निकालेको थियो । तर, बादल माओवादीसँग पार्टी एकता गर्ने भएपछि उनीहरुको मागअनुसार ‘पूँजीवादी क्रान्तिलाई पूर्णता दिँदै’ भन्ने थपिएको छ ।
बाँकी महाधिवेशन गरेर छलफल र संसोधान गर्ने जनाईएको छ । एमाओवादीको एकतामा आउने दलहरुले नयाँ संविधान स्वीकार गरेका छन् । संविधानमा भएको संघीयता, गणतन्त्र, समानुपातिक समावेशी र धर्म्निरपेक्षता लगायतका विषय माओवादी जनयुद्ध र जनआन्दोलनका उपलब्धि भन्दै त्यसको रक्षा र संस्थागत गर्दै अघि बढ्ने १२ बुँदेमा उल्लेख छ ।तर, संसदीय व्यवस्था प्रतिक्रियावादीको भएको भन्दै यसविरुद्ध सरकार, सदन र सडकमा संघर्ष गर्दै जाने समझदारी भएको छ । अब एकता प्रक्रियामा रहेका माओवादीहरुको संयुक्त बैठक बसेर अन्तिम रुप दिने तयारीमा रहेको स्रोत बताएको छ ।