काठमाडौं/बर्तमान सरdeubaकारले भारतालागि नेपाली राजदुत दिपककुमार उपाध्यायलाई फिर्ता बोलाएको बिषय खास गरि प्रमुख प्रतिपक्षि दल नेपाली काङग्रेशको आलोचनाको बिषय बनेको छ । बर्तमान सरकार ढाल्ने असफल प्रयास गरेका काङग्रेश सभापती शेरबहादुर देउवाले राजदुत फिर्ता र निजगढ फास्ट ट्«याक भारतीय कम्पनीलाई नदिइ सरकारी निर्णयप्रति आपत्ति जनाएका छन् । राष्ट्रियताको सवालमा बर्तमान सरकाररे चालेका कदमको देउवाले बिरोध गरिरहेका छन् । यसै बिषयको बिश्लेशण गर्दै भारतीय सञ्चारमाध्यमहरुले ‘नेपाली काङग्रेश र नेता देउवा भारतीय भावना भएका’ भनेर समाचारनै सम्प्रेशण गरेका छन् । फाष्ट ट्याक स्वदेशी लगानीमा नै निर्माण गर्ने सरकारी नीति आएपछि संसदमा चिन्तित मुद्रामा भाषण गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  भने– भारतका लागि नेपाली राजदूत फिर्ता बोलाएर सरकारले सहमतिको वातावरण बिगारेको छ ।

कांग्रेस नेतृत्वमा निर्वा्चित हुनासाथ प्रतिपक्षमा बस्ने एकोहोरो रट लगाउँदै आएका देउवा सरकार ढाल्ने तिकडममा असफल भएपछि आफैंले राजदूत फिर्ता गरेको इतिहास भने बिर्सिएका छन् । उनी तिनै पुर्बप्रधानमन्त्रि हुन जसले ०५२ सालमा  चीनका लागि नेपाली राजदूत तुलसीलाल अमात्य र भारतका लागि नेपाली राजदूत हर्षनारायण धौभडेललाई फिर्ता बोलाएका थिए । आफुले गरेको कार्यलाई सहि देख्ने र त्यहि काम अरुले गर्द आलोचना गर्ने देउवाले लाज पचाएरै बोल्ने गरेका छन् ।स्मरणीय छ–अमात्य र धौभडेललाई  तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा राजदूत नियुक्त गरिएको थियो । राजदूत फिर्ता हुने स्थिति नआउनु राम्रो हो तर, राजदूतले आफ्नो कुटनीतिक आचरण भित्र रहेर काम नगर्दा यस्तो अवस्था बारम्बार दोहोरिने गरेको छ ।

अहिले सम्म फिर्ता बोलाइएका राजदुतहरु

  • ०४८ साल भारतका लागि राजदूत बिन्देश्वरी साहलाई गिरिजाप्रसाद कोइरालाको सरकारले फिर्ता बोलायो । 
  • ०५१ सालमा चीनका लागि राजदूत नियुक्त भएका तुलसीलाल अमात्य र भारतका लागि राजदूत नियुक्त भएका हर्षनारायण धौभडेललाई शेरबहादुर देउवाको सरकारले फिर्ता बोलायो । 
  • ०५३ सालमा भारतका लागि नेपाली राजदूत लोकराज बराललाई सूर्यबहादुर थापाको सरकारले फिर्ता बोलायो ।  
  • ०६४ मा गिरिजाप्रसाद कोइराला सरकारले कर्णध्वज अधिकारीलाई राजदूतबाट फिर्ता बोलायो । 
  • ०६५ मा पुष्पकमल दाहाल सरकारले दुर्गेशमान सिंहलाई राजदूतबाट फिर्ता बोलायो । 
  • ०६८ मा झलनाथ खनालको सरकारले भारतका लागि नेपाली राजदूत रुक्मशमशेर राणालाई फिर्ता बोलायो ।