धरान/फुटको संघारमा पुगेको मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीको मङगलबारको बैठक औपचारीकतामा प्रबेश नगरी टुङगिएको छ । मङगलबार एमाओबादी सँग एकताको औपचारीक निर्णय गर्ने भन्दै बसेको बैठकमा अध्यक्ष बैद्यले जेठ २ गतेलाई आफुले बैठक आह्वान गरेको सन्देश पठाएपछि बैठक रोकिएको हो ।
एमाओवादीसँग पार्टी एकताबारे बहुमतले निर्णय गर्ने भन्दै रामबहादुर थापा समूहले मंगलबारदेखि केन्द्रिय समितिको बैठक बोलाएको थियो । पार्टी प्रवक्ता पम्फा भुषालले पार्टि एकता बारे थप छलफल गरेर चाडै बैठक बस्ने बताईन ।
पार्टीका वहुमत सदस्य एमाओवादीसँग एकता गर्नुपर्ने पक्षमा रहेको भन्दै उनले वैद्यलाई पनि एकताका लागि मनाउन अन्तिम प्रयास गर्ने बताइन् । यदि बैद्य सहमत भए उनी सहमति एकतामा जाने नभए पार्टी एकता प्रक्रिया अघि बढाउने एक नेताले बताए ।