धरान/जनयुद्धताका नेपाललाई सिङगापुर बनाउने भाषणबाजी गर्दै हिडेका माओबादी नेताहरु धमाधम अलग अलग हुन थालेका छन् । शान्ति सम्झौता पछि संबिधानसभा निर्बाचनमा समेत एक भएर अगाडि बढेको माओबादी पहिलो संबिधानसभा पछि चार चिरामा बिभाजीत भएको छ । दोश्रो संबिधान सभाको बेला दुई चिरा परेको माओबादी अहिले आएर चार चिरा परेको छ । जनयुद्ध गरेर आएको माओबादी अहिले एकीकृत माओबादी भएको छ भने मोहन बैद्यको नेतृत्वमा नेपाल क्रान्तिकारी माओबादी गठन भएको छ । बैद्यले नेतृत्व गरेको उक्तबार्टिबाट नेतृबिक्रम चन्दले पनि बिद्राह गरी नेकपा माओबादी गठन गरेका छन् भने मङगलबार मात्र रामबहादुर थापा ‘बादल’ले अध्यक्ष मोहन बैद्यलाई अलग गर्दै बैठक बोलाए पछि नेपाल क्रान्तिकारी माओबादी फेरी अर्को चिरा पर्ने निश्चित जस्तै भएको बिष्लेशण हुन थालेको छ । एकीकृत माओवादीसँग एकता गर्नेबारेमा छलफल हुँदै गर्दा पार्टी फुटको अवस्थामा आएको हो ।माओवादी विभाजित भएका कारण माओवादी आन्दोलन कमजोर बनेको भन्दै माओवादीहरुबीचको एकताको बहस चर्किँदै गर्दा वैद्य माओवादी फेरीपनि फुटतर्फ गएको हो ।एमाओवादीसँगको एकताबारे छलफल गर्न भन्दै १२ चैतमा बोलाइएको केन्द्रिय समितिको बैठकमा विवाद चर्किएपछि अध्यक्ष वैद्यले वैठक एक महिनालाई स्थगित गरिदिएका थिए ।एक महिनालाई वैठक स्थगित गरेर एक महिनापछि पनि बैठक नबसालेको भन्दै क्रान्तिकारी माओवादीका सचिवालय सदस्य तथा संगठन ब्युरो प्रमुख रामबहादुर थापा ‘बादल’ले बैठक आह्वान गरेपछि पार्टी विभाजित हुन पुगेको हो ।बादलले बोलाएको केन्द्रिय समितिको बैठक मंगलबार दिउँसो १ बजेदेखि कुपण्डोलमा बोलाएका थिए । बादलले बोलाएको केन्द्रिय समिति बैठकमा अध्यक्ष वैद्यलाई समेत बोलाइएको बादल निकट एक केन्द्रिय सदस्य ले जानकारी दिए । वैठकमा बैद्य अनुपस्थित भएमा पनि एमाओवादीसँगको एकताबारेको बहसमा छलफल भएको छ ।