रविन भट्टराई,
ताप्लेजुङ / ताप्लेजुङ नगरपालीकामा एक व्याक्तिले आफ्नै घरमा आगो लगाई फरार भएका छन् । छोरासँग सामान्य विवाद हुँदा ताप्लेजुङ नगरपालीका –८ निवासी धनबहादुर विकले सोमबार दिउँसो करिव साडे चार बजे आफ्नै घरमा आगो लगाई फरार भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । आगलागी भएको जानकारी पाउन साथ सदरमुकामदेखि खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियले आगो नियन्त्रणमा लिएका थिए । आगलागिका कारण घरसहित घरमा भएका सम्पुर्ण सामाग्रि जल्दा करिव दुई लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ । घरमा आगोलगाई फरार भएका विकको खोजि कार्य जारी रहेको प्रहरीको भनाई छ ।