काठमाण्डौ /  सरकारले आन्दोलनरत संयुक्त मधेसी मोर्चालाई वार्तामा आउन आह्वान गर्दै पत्र पठाएको छ । नेपाल सरकारले बनाएको वार्ता समितिका संयोजक एवं उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले पठाएको पत्रमा मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्नुलाई सकारात्मक भन्दै वार्ताबाटै सहमति खोज्नका लागि आह्वान गरिएको छ । मोर्चाका संयोजकलाई सम्बोधन गरिएको पत्रमा ‘वार्ताको मिति सरकार र यहाँहरुको सहमतिमा छिट्टै तोकिन उपयुक्त हुने पनि ब्यहोरा समेत अनुरोध गर्दछु,’ भनिएको छ ।
सरकार परिवर्तनको प्रयास असफल भएको केही दिनमै सरकारलेclipart-letters-free-jix5pyGiE मोर्चालाई वार्ताको पत्र पठाएको हो । पत्रमा मधेसी मोर्चाले संसदका काम कारबाहीमा भाग लिएकोमा पनि प्रशंसा गरिएको छ । संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएकै दिन पत्र पठाइएको हो । पत्र मोर्चाका चारै घटक सरुंघीय फोरम, तमलोपा, सद्भावना पर्टी र तमसपालाई पठाइएको छ ।