सरकारले आगामी वर्ष २०७३/७४ को नीति तथा कार्यक्रम आज चार बजेसार्वजनिक गर्ने भएको छ। व्यवस्थापिका संसदको आईतबार अपरान्ह बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि संंंसद बैठक अपरान्ह ४ बजेका लागि बोलाईएको छ। यसैबीच, व्यवस्थापिका संसद सचिवालयले निति तथा कार्यक्रम ल्याउने दिन आईतबार अनिवार्य उपस्थितिको लागि सांसदलाई निर्देशन दिदै साढे ३ बजे भित्र आ आफ्नो सिटमा बसिसक्न उर्दी जारी गरेको छ।
113175_Sartorial-Briefcaseव्यवस्थापिका संसदले आगामी बर्षको विनियोजित विधेयक बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफल सकि अर्थमन्त्रालयमा पठाएपछि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो। नीति  तथा कार्यक्रम माथि जेठ पहिलो हप्ता सम्म संसदमा छलफल चलाउने बताइएको छ ।