काँकडभिट्टा / झापाको मेचीनगरमा जङ्गली हात्ती करेन्ट लागेर मरेको अवस्थामा आज बिहान फेला परेको छ । मेचीनगर–४ मागुरमाडीस्थित थोप्लेविरान सामुदायिक वन परिसरमा करिब १० वर्षको मत्ता हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला वन कार्यालयबाट संयुक्तरुपमा मागुरवाडी पुगेको टोलीले हात्ती करेन्ट लागेर मरेको जनाएको हो ।  गत वर्ष बाहुनडाँगीमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको थियो । एघार वर्षको अवधिमा बाहुनडाँगी, शान्तिगरलगायतका स्थानमा दुई दर्जन बढी हात्ती मरिसकेका छन्

african-elephant-standing_9033_160x120

। रासस