वि.सं. २०७३ साल वैशाख २५ गते। शनिबार। इश्वी सन् २०१६ मे ७ तारिख। नेपाल संवत् ११३६ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– प्रतिपदाindex, २३.०३ बजेउप्रान्त द्वितीया।

पं.ज्यो.   घनश्याम  सिग्देल


मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) यात्रा रमाइलो रहनेछ । मनोरन्जनपूर्ण क्रियाकलापमा सहभागी बन्नु हुनछ । आयस्रोतमा कमि हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  मुद्धा मामलामा पराजय व्यहोर्नु पर्नेछ ।
आर्थिक अभावले सताउनेछ । आफन्तबाट असहयोग हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  आफन्तसँगको भेटघाटले मन प्रशन्न
रहनेछ । आयआर्जनको स्रोत बढ्नेछ । व्यवसायमा वृद्धि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  मान्यजनबाट सहयोग मिल्नेछ । पैतृक
सम्पत्ति  प्राप्तिको योग छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अपजस लाग्न सक्छ । कुसङ्गतका कारण खराब खानपिन हुन सक्छ । स्वास्थ्यमा समस्या देखिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार–व्यवसायमा घाटा होला । थालेका काम अधूरै  छोड्नु पर्नेछ । घरपरिवारले साथ दिने छैनन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेम र मित्रता बढ्नेछ । आपसी समझदारी बढ्नेछ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्वपूर्ण सामान हराउन सक्छ । चोटपटक लाग्ने योग रहेको छ । व्यवसायमा हानी नोक्सानी हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मनमा अशान्ति रहनेछ । मनदुर वर्गबाट असहयोग हुनेछ । व्यवसाय सञ्चालन गर्न धेरै सङ्घर्ष गर्नु पर्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अप्रिय समाचारले मनमा चिन्ता बढ्नेछ । पेटमा सामान्य समस्या हुनेछ । मनमा डर, त्रास पनि रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  अधूरा काम पूरा हुनेछन् । नयाँ व्यवसायको थालनी हुनेछ । आयआर्जनमा वृद्धि हुनेछ । स्वास्थ्यमा लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  आँखामा चोटपटक लाग्न सक्छ । शरीरमा आलस्यता बढ्नेछ । घरपालुवा पशुपंक्षीबाट हानी–नोक्सानी हुन सक्छ ।