धरान/
पछिल्लो राजनैतिक परिस्थीती र सरकारको निती तथा कार्यक्रमलाई आधार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
बिहिबार बिहान १० बजे सम्म साझ बस्ने मन्त्रि परिषद्को बैठकमा राजीनामा समेत दिन सक्ने अबस्थामा पुगेका प्रधानमन्त्रि ओलीले आज गर्ने सम्बोधनलाई धेरैले बिशेष महत्वको साथ हेरीएको छ । बिहीबार दिउँसो ३ बजे ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीका प्रेश संयोजक चेतन अधिकारीले बताएका छन् ।
एमाओबादीले सरकारलाई गरेको सर्मथन यथावत राख्ने भएपछि संकटमा परेको सरकार लाई केहि सहज भएको छ । प्रधानमन्त्रि वलीले ल्याउन लागेको निती तथा कार्यक्रम र बजेट रोक्नकै लागि सरकार गिराउन खोजीएको धेरैको बिष्लेशण थियो । िबहीबारको सम्बोधन पनि प्रधानमन्त्रिले सरकारका कामहरुलाई थप गति दिने योजना बनाएको श्रोतले जनाएको छ ।