तरहरा / चालू आर्थिक वर्ष सकिन ७५ दिन मात्र बाँकी रहँदा जिल्लाका उपमहानगर तथा नगरपालिकाहरुलाई बजेट सक्न चटारो हुन थालेको छ । भारतले गरेको नाकाबन्दीको वेला विकासे काम हुन नसके पछि अहिले चालू आर्थिक वर्ष भित्रै सम्पन्न गर्नुपर्ने विकासे योजनाको बजेट सक्न चटारो बढेको हो । उपमहानगर तथा नगरपालिकालाई विकास निमार्णको लागि आएको करोडौ रुपैया अडाई महिना भित्र सक्नै पर्ने वाध्यता छ ।
भारतले गरेको अघोषित नाकाबन्दीको प्रभाव अहिले स्थानिय निकायलाई पर्ने थालेको छ । चालू आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने विकासे योजना आगामी असार २५ गतेसम्म सम्पन्न गरी सक्नुपर्ने प्रावधान छ । तर उपमहानगर तथा नगरपालिकाहरुमा अहिलेसम्म विकास निमार्णको लागि आएको बजेटको आधा पनि काम पाईदैन । सुनसरीका सबै नगरहरुलाई चालु आर्थिक वर्षको विकास निमार्णको बजेट सक्न चटारो हुन थालेको स्वयम नगर अधिकृतहरु नै वताउँछन ।
नाकाबन्दीको वेला इन्धन अभावले ढुवानीको सामान उपलब्ध हुन नसक्दा अहिले धेरैवटा योजना सक्न केही समस्या भएको इटहरी उपमहानगरपालिका कार्यकारी अधिकृत महेशराज तिम्सिना वताउँछन । विकास निमार्णको काममा उपभोक्ताहरुको लागत सहभागीमासमेत व्यापक कटौती भएको उनको भनाई छ । धेरै वटा योजना भएको कारण यो चालु आर्थिक वर्ष भित्र बन्द हड्ताल नभए योजनाहरु फर्सेट हुन सक्ने उनको अनुमान छ । अधिकृत तिम्सिनाले त्यसो भनिरहे पनि योजनाका कामहरु अहिले सम्म आधा पनि सुरु भएको छैन । नाकाबन्दीका कारण नगर विकास, वडा स्तरका योजना सुरु हुनै सकेको छैन । जसका कारण विकास निर्माणका लागि छुट्टाएको रकम फ्रिज हुने सम्भावना देखिएको छ ।
दुहबी भलुवा नगरपालिकाका कार्यकारी अधिकृत युवराज ढकालले पनि नाकाबन्दीका कारण विकास निमार्ण कार्य ढिलो सुरु भएको कारण समस्या आएको वताए । नगरपालिकावाट छ्ुट्याईएको योजना बन्द हड्ताल भएन र खुरु खुरु काम भए मात्र सकिने वताए । केहि साना योजनाहरुको काम सुरु भईरहेको उनको भनाई थियो । नाकाबन्दीको समयमा विकासको काम हुनु नसक्नुले विकास निमार्णको काममा असर गरेको हो कार्यकारी अधिकृत ढकालले भने ।
इनरुवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहेताले अहिले विकास निमार्णको काम तिब्र गतीमा हुन थालेको वताए । उनले भने अव यो अढाई महिनामा बन्द हड्ताल नभए योजनाको काम पुरा हुन्छ । नगरपालिका २०६ वटा योजनाको काम भईरहेको उनको भनाई थियो । त्यस्तै रामधुनी भासीा नगरपालिकाका कार्यकारी अधिकृतले नगर विकास निमार्णमा नाकाबन्दीको असर परेको वताए ।
यता धरान उपमहानगरपालिका कार्यकारी अधिकृत टिकादत्त राईले धरानमा पनि विकास निमार्णका योजनाहरु धमाधम भईरहेको वताए । नाकाबन्दीले सामान्य असर गरे पनि विकासको कामलाई आफुले प्रथाममिकतामा राखेर गरिरहेको वताए । जेष्ठ महिना भित्रै योजनाको कामहरु सक्ने लक्ष लिएको उनको भनाई थियो ।