- योगेशबाबु काफ्ले–गत वर्ष आजकै दिन अर्थात् वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गएको थियो । देश नै क्षतविक्षत हुने गरी आएको भूकम्पबाट पीडित हुनेहरुको अवस्था अहिले पनि सुध्रिसकेको छैन । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पले पूर्वी नेपालमा पनि मानवीय र भौतिक क्षति गरायो ।
पूर्वमा भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, सङ्खुवासभा, ताप्लेजुङलगायतका जिल्लाका हजारौँ परिवार विस्थापित भए भने ५५ जनाको मृत्यु समेत भएको थियो । सरकारी तथ्याङ्कअनुसार भूकम्पमा परी देशभरमा ८ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ । भूकम्पका कारण पूर्वमा भोजपुरको विकट गाविस दोभानेमा सबैभन्दा धेरै भौतिक क्षति भएको थियो । मानवीय क्षति नभए पनि दोभानेका ७ सय ८० घर पूर्ण रुपमा क्षति भएका थिए । विकट गाविसहरु दोभाने, खाटम्मा र कुदाककाउलेमा भूकम्पले भत्काएका घरहरु अहिले पनि नबनेको भोजपुरका सञ्चारकर्मी एक्सन राईले जनाए । सरकारका तर्पmबाट सामान्य राहतबाहेक केही पनि नपाएका स्थानीयले राज्यले घर निर्माणमा सहयोग गर्ने आशा गरेका थिए तर अहिलेसम्म कुनै पनि सहयोग त्यहाँ पुगेको छैन । दोभाने, खाटम्मा र कुदाककाउलेका निम्न आयस्तर भएका परिवारहरु अहिले पनि चित्राले छाएको गोठमा गुजारा चलाइरहेका छन् ।
दोभाने प्रहरी चौकीका असई मुक्तबहादुर बुढाथोकीका अनुसार अहिलेसम्म २ सय ३१ परिवारले मात्र १५ हजार रुपैयाँका दरले राहत पाएका छन् । अन्य परिवारले त्यो पनि पाएका छैनन । आर्थिक अवस्था केही राम्रो भएका परिवारले आपैmँ घर बनाउन थालेका छन् भने निम्न वर्गका परिवारहरु चित्रा बारेर नै बसेको उनले बताए । खाटम्मा र कुदाककाउलेमा घरविहीन भएका झण्डै तीन सय परिवारले पनि राहत नपाएको कुदाककाउलेका शिक्षक नगेन्द्र विष्टले जानकारी दिए । ‘यहाँका जनताले सरकारबाट राहत पाउने आशा मारिसकेका छन्’, उनले भने, ‘विद्यालयमा पढाइ भए पनि विद्यार्थी र अभिभावकहरुमा त्रास कायमै छ ।’ उनले गाउँको अवस्थाबारे शब्दमा व्याख्या गर्न नसक्ने बताए । ‘यति बुभ्mनुहोस्, गाउँको जीवन निकै कष्टकर बनिसकेको छ ।’ हुनेखानेहरु मधेशतिर झर्न थालिसकेको भन्दै उनले सरकारको उपस्थिति खाटम्मा र कुदाककाउलेमा शून्य भएको जनाए ।
सोलुुखुम्बुको मुक्ली गाविस भूकम्पबाट धेरै प्रभावित गाविस हो । सोलुखुम्बुमा भूकम्पबाट २१ जनाको ज्यान गएको थियो । सगरमाथा आरोहणका लागि गएका पर्यटक र खुम्बु क्षेत्रका बासिन्दाहरुको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । सोलुको मुक्लीमा कुनै मानवीय क्षति नभए पनि भौतिक क्षति भने ठूलै भएको थियो । मुक्लीमा धरानबाट ब्लाष्ट दैनिकको नेतृत्वमा गएको राहत संयोजन समितिले पु¥याएको राहतबाहेक अरु कुनै राहत पुग्न नसकेको स्थानीयले बताए । स्थानीय समाजसेवी धनकुमार राईले टेलिफोन सम्पर्कमा भने, ‘५ सय २१ घर पूर्ण रुपमा क्षति भएका थिए । ती घरहरुको पुनःनिर्माण गरिएको छैन ।’ आर्थिक रुपमा केही सबल परिवार टालटुल गरेर बसेको उनको भनाइ छ । ‘अरुको बास अहिले पनि अस्थायी टहरामै छ ।’ राईले भने ।
उनका अनुसार चिसो मौसम भएका कारण करीब १५ सयको सङ्ख्यामा रहेका बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्या देखिएका छन् । ‘गाउँको स्वास्थ्य चौकीमा उपचार हुन सक्दैन’, उनले भने, ‘सदरमुकाम जाने अवस्था उनीहरुको छैन । राज्यले किन वास्ता नगरेको हो, बुभ्mन सकिएन ।’ सरकारको राहत वितरण प्रणाली कमजोर भएका कारण पीडितहरुले राहत पाउन नसकेको यसबाट स्पष्ट हुन्छ । भत्किएका विद्यालयहरु जसोतसो निर्माण गरेर पठनपाठन गराए पनि त्रास कायमै रहेको स्थानीय बताउँछन् ।
भूकम्पमा परी ओखलढुङ्गामा १७ जनाले ज्यान गुमाएका थिए । ती परिवारले सरकारबाट पाउनुपर्ने राहत पाएका छैनन् भने सदरमुकामलगायत भूकम्पको उच्च जोखिममा रहेका हर्कपुर, पोकली, केराबारी र रामेछाप जिल्ला वरपरका १७ गाविसमा पीडितले अभैm पनि राहत पाउन सकेका छैनन् । भूकम्पले घर चर्किए पनि देशैभरि सबैलाई परेको पीडा सम्झेर उनीहरुले मन बुझाएका थिए । त्यस बेला पीडितहरुले सरकारप्रति सहानुभूति पनि राखेकै थिए तर सरकारले प्रभावकारी राहत वितरण प्रणाली अपनाउन र राहतको दुरुपयोग रोक्न नसक्दा भूकम्पले पीडितहरुको घर मात्र होइन, मन पनि चर्किन थालेको छ । भूकम्प गएको एक वर्षमा सरकारी सहयोग त परकै कुरा भो, कम्तीमा सरकारी मान्छेहरु आएर हालखबर पनि नसोधेको गुनासो पीडितहरुको छ । दोभानेका पीडित गणेश विकले भने, ‘राज्यले त हुनेखानेलाई मात्र हेर्ने रहेछ, हामी हुनेखाने परेनम् हजुर ।’