विजयपुर(ब्लाष्ट) स्वास्थ्यका लागि दौड गराउदै आएको धरान धरान रनले आफ्नो ५आंै स्थापना दिवस मनाएको छ । स्थापना दिवसको प्रमूख अतिथी इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले १५ पाउण्डको केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । सोहि अवसरमा आयोजीत दौडमा ४ सय ५१ जनाले सहभागिता जनाएका थिए ।
स्थापना दिवसको अवसरमा यस वर्षभित्रका उत्कृष्ट रनरलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा सुमिना श्रेष्ठ, विपासा राई, नवराज घिसिङ र जयराज लिम्बू रहेका छन् ।उनीहरुलाई मेडल र ट्रफि प्रदान गरिएको थियो । निरन्तर र मेहनती धावक भन्दै सुवेक्षा थापा मगर र यसराज श्रेष्ठलाई मेट्रो फुड प्mयाक्ट्रिको तर्फबाट पनि उपहार दिइएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमूख अतिथी डिएसपी ढकेन्द्र खतिवडा, नेपाल हङकङ महासंघका पूर्व अध्यक्ष प्रदीप थापा मगर लगायतले पुरस्कार वितरण गरेका थिए । ‘स्वास्थ्य धरान, स्वच्छ धरान’ नाराका साथ धरान रनले हरेक शनिवार सात वजे यलम्वर पार्कमा ३.५ कि.मि.दौड गराउने गरेको छ । धरान रनले हरेक वर्ष नेवा च्यारेटि ८के रनको आयोजना गर्दै आइरहेको छ ।