स्वास्थ्य

    Showing ९१-१०० of ३,७०८ items.
  • १४ वर्षमुनिका बालबालिकाले यस कारण पाउने छैनन् कोभिड भ्याक्सिन

    काठमाडौं/ विश्वभर यतिबेला कोभिड-१९ भ्याक्सिनको तीव्र प्रतिक्षा भइरहेको छ। भ्याक्सिनहरु आपतकालीन प्रयोगको अन्तिम चरणमा समेत पुगिसकेका छन्। अमेरिकन कम्पनी फाइजरले बनाएको कोभिड भ्याक्सिन बेलायतले आफ्ना जनतालाई लगाउन अनुमति दिएको समाचार समेत आइरहेको छ। तर, कोभिडको भ्याक्सिन १५ वर्षभन्दा माथिका व्यक्तिहरुलाई मात्र दिइने छ। नेपालमा पनि करिब ७२ प्रतिशत मानिसले मात्र भ्याक्सिन पाउने छन्। किनभने नेपालमा २८ दशमलब ३८ प्रतिशत जनसंख्या १४ वर्षमुनिका मानिसको छ। यो कुल जनसंख्याको ८६ लाख २१ हजार २९२ हुन आउँछ। १४ वर्ष मुनिकालाई किन खोप नलगाइने ?स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा ख

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • ४५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश १ मा २८७ संक्रमित थपिए, १० जना डिस्चार्ज

    विराटनगर । प्रदेश १ मा आज २८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ६१, सुन्दरहरैचामा १७, उर्लाबारीमा १५, बेलबारीमा ७, पथरीशनिश्चरेमा ६, लेटाङमा ४, बुढीगंगामा ३, ग्रामथान र कटहरीमा २–२, धनपालथान, मिक्लाजुङ, सुनबर्षी, कानेपोखरी र केराबारीमा १–१, झापाको हल्दिबारीमा १३, विर्तामोडमा १०, भद्रपुरमा ७, दमकमा ६, कनकाई र कमल गाउँपालिकामा ४–४, शिवसताक्षी, कचनकवल र

    • प्रकाशित मितिः मंसिर १८, २०७७
    • २४० पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश १ मा ९२ संक्रमित थपिए, ५० जना डिस्चार्ज

    विराटनगर । प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २६, सुनसरीमा २१, मोरंग, र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा  १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको मेचीनगरमा ६, बाह्रदशीमा ५, विर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २–२, अर्जुनधारा, कचनकवल र हल्दिबारीमा १–१, सुनसरीको धरानमा १६, इटहरीमा २, रामधुनी, गढी र इनरुवामा १–१, मोरंगको विराटनगरमा १३, सुनबर्षी र मिक्लाजुङमा २–२, उर्लाबारी, कटहरी र बेलबारीमा १–१ जना, इलामको इलाम नगरपालिकामा १७, माईजोगमाईमा २ र सुर्योदयमा १ जनाको रिपोर्ट पोजेटिभ आएको

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • ३३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • बुधबार ८,३००  नमुना परिक्षण हुँदा  १,४९० जना कोरोना संक्रमित थपिए

    ब्लाष्टखबर । देशभर पछिल्लो २४ घण्टामा  ८ हजार ३००  नमुना परिक्षण हुँदा  १ हजार ४९० जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ५६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ। हाल देशभर १६ हजार ५४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। २४ घन्टामा ९ को मृत्यु स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १ हजार ४ सय ३८ जना पुगेको छ । &nb

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • २५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानकाे मृत्यु

    ब्लाष्टखबर । इलामकाे फाकफोकथुम गाउँपालिका–४ का डबलसिंह मगरको श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै मृत्यु भएकाे छ ।  विराटनगर स्थित नोबेल अस्पतालमा उपचाररत श्रीमानकाे पछिल्लाे स्वास्थ अवस्था बारे जानकारी पाएपछि असहज महसुस गरी उपचारका लागि अस्पताल पुर्‍याउँदै गर्दा मगरकी श्रीमती अम्बिकाको १५ गते मृत्यु भएको थियाे । श्रीमतीकाे मृत्यु भएको २४ घण्टा नबित्दै काेराेना संक्रमणकाे उपचाररत महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत  मगरको गए राति मृत्यु भएको हो । मंसिर ८ गते काेराेना संक्रमण पुष्टि भइ भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको मगरलाई मङ्सिर १३ भ्यान्टिलेटरबाट

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • ३०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा थप १५ जनामा काेराेना संक्रमण पुष्टि

    ब्लाष्टखबर । बुधबार धरानमा थप १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे संगै धरानमा काेराेना संक्रमितकाे कुल संख्या ३ हजार ४५८ पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् ।  आज संक्रमित भएकाहरू मंगलबार धरान १७ स्थित एन्फा क्वारेन्टाइनमा स्वाव संकलन गराउन र धरान बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे हेल्प डेस्कमा स्वाब संकलन गराउनेहरू रहेकाे मेहताले बताएका छन् ।

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • २१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • इलाममा हप्तामा २ दिनमात्र स्वाब सङ्कलन

    इलाम/ कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ । स्वाब सङ्कलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब सङ्कलन गर्न सकिने स्वास्थ्य कार्यालयले बताएको छ । कार्यालयका अनुसार इलाम नगरपालिका-७ मा रहेको आइसोलेसन भवनमा हप्ताको सोमबार र बिहीबार स्वाब सङ्कलन गरिने छ । कार्यालय प्रमुख वृजकुमार दासका अनुसार परीक्षण गराउनका लागि लक्षण भएका व्यक्तिले इलाम अस्पतालको सिफारिस लिएर आइतबार र बुधबार कार्यालयमा नाम टिपाउनु पर्नेछ । दैनिक २० जनाको हाराहारीमा कोरोना बढिरहँदा कार्यालयले

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • २१७ पटक पढिएको
    • रासस
  • देशभर २४ घण्टामा १,३०४ जना कोरोना संक्रमित थपिदा २,०७३ जना भए संक्रमणमुक्त

    ब्लाष्टखबर । देशभर पछिल्लो २४ घण्टामा १ हजार ३०४ जना कोरोना संक्रमित थपिएका छन्। नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ। हाल देशभर १६ हजार ६३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। २४ घन्टामा २१ को मृत्यु स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १ हजार ४ सय २९ जना पुगेको छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • २२५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपी प्रतिष्ठानमा दमककी काेराेना संक्रमित बृद्धाकाे मृत्यु

    ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ प्रतिष्ठानमा झापाका थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा दमक नगरपालिका ३ का ८२ वर्षीय बृद्धा रहेकी छिन् । संक्रमित बृद्धाकाे आज बिहान ७ बजेर ५० मिनेटमा मृत्यु भएकाे प्रतिष्ठानकाे सुचना केन्द्रले जनाएकाे छ । प्रतिष्ठानका अनुसार मंसिर ७ गते काेराेना संक्रमण पुष्टि भएकी बृद्धालाई ७ गते नै प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना गरिएकाे थियाे । मृतक मृगाैलाकी दीर्घराेगी रहेकाे प्रतिष्ठानले जनाएकाे छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • २८० पटक पढिएको
    • ब्लाष्ट खबर
  • सरकारले तोकेको भन्दा सस्तोमा न्यूरोमा पिसिआर परीक्षण

    विराटनगर/ विराटनगरस्थित न्यूरो हस्पिटलले संचालनमा ल्याएको कोभिड अस्पतालमा पीसिआर परीक्षणको शुल्क घटाएको छ । न्यूरोले सरकारले ताकेको भन्दा सस्तोमा कोरोना परीक्षण पिसिआर माध्यमबाट गर्ने भएको हो । सोमबारदेखि न्यूरोले अस्पतालमा आउनेहरूको १ हजार ७ सय ५० रुपैयाँमा परीक्षण न्यूरो हस्पिटलका अपरेडर डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । यसअघि न्यूरोले २ हजार रुपैया परीक्षणको शुल्क लिने गरेको थियो । न्यूरो हस्पिटलको संचालन समिकितको बैठकले पीसिआर परीक्षणको शुल्क घटाउने निर्णाय गरेको हो । विरामीलाई सैलियत दरमा उपचार गर्ने उद्देश्यले पीसिआर परीक्षणको मुल्य घटाएको हस्पिटलका मेडिकल अपरेटर डाइरेक्टर राजेश

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • २८२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved