Trending Tags

स्थानीय

    Showing ६१-७० of २९८ items.
  • हल्दिबारी गाउँपालिकामा ‘गुणस्तरीय पूर्वाधार निर्माण’ अभियान

    हल्दिवारी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि आवश्यकताका आधारमा ‘गुणस्तरीय पूर्वाधार निर्माण’ अभियान शुरु गरेको छ । विशेषगरी सडकको स्तरोन्नति, पहुच मार्गमा जोड्ने सडक कालोपत्र, स–साना खोला तथा होलीमा कज्वे, पुल निर्माणजस्ता कार्यलाई निरनतरता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले जानकारी दिए । आव २०७८/७९ शुरु भएसँगै वडा कार्यालयबाट छनोट भएका योजना धमाधम निर्माण शुरु गरिएको उनको भनाइ थियो । उनले सबै योजना समयमै सम्पन्न गर्ने गरी थालिएको बताए। यता कृषि क्षेत्रको विकासका लागि समेत हल्दिबारीले ‘हल्दिबारीको दृष्टि, कृषि र पर्यटनमार्फत समृद्धि’ भन्ने मूल नारालाई अघि सारेको छ ।

    • प्रकाशित मितिः श्रावण ३, २०७८
    • २३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वीपीका आन्दोलनकारीद्वारा सिट्ठी जुलुसः निष्कर्षमा नपुगेसम्म आन्दोलन जारी रहने

    धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले शनबार दिउँसो सिट्ठी जुलुस निकालेको छ ।आन्दोलनकारीहरुले सरकारले उच्चस्तरीय कार्यदल गठन गरेपनि निष्कर्षमा नपुगेसम्म आन्दोलन जारी रहने पनि प्रष्ट पारेको छ । आन्दोलन एक महिना पुगेपछि मात्र सरकारले कार्यदल गठन गरेको थियो । यति लामो समयसम्म पनि शान्तिपुर्ण आन्दोलनको सुनुवाई नभएको भन्दै बहिरा सरकारलाई जगाउन सिट्ठी जुलुस निकालेको संघर्ष समितिले जनाएको छ । प्रतिष्ठानबाट निस्केको जुलुस भानुचोकमा पुगेर कोणसभा परिणत भएको थियो । बर्षा भएपनि आन्दोलनकारीहरुले छाता आढेर भानुचोकसम्म सिट्ठी जुलुस निकालेका थिए । भानुचोकस

    • प्रकाशित मितिः श्रावण २, २०७८
    • ३९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • निषेधाज्ञा खुकुलो हुँदै गएपछि धरानमा कोरा साइक्लिङ च्यालेञ्ज

    धरान/ सडक साइकलको लागि पनि त हो नि । यही सन्देश दिन आज धरानमा साइकल प्रेमीकोहरु समुह निस्कियो, धरान कोरा साइक्लिङ च्यालेञ्ज २०२१ आयोजना गर्दै धरान, इटहरी २० तरहराका साइक्लिष्टहरुले स्वतस्फुर्तरुपमा धरान कोरा आयोजना गरेका थिए । यसको संयोजक थिए, ट्रायथलन धरानका साइक्लिष्ट एवं धरान रनका रनर किरण लिम्बु । उनको नेतृत्वमा साइक्लिष्टहरुले धरानको विभिन्न सडक, चोकमा साइक्लिङप्रति जनचेतना जगाउदै हिडे ।निषेधाज्ञा खुकुलो हुदै गएपछि धरानका सडकहरुमा साइक्लिष्टहरु पनि बाक्लो संख्यामा देखिन थालेका छन् । तर, उनीहरुलाई सडकमा साइकल गुडाउन निक्कै असहज हुन्छ । लाग्छ, सडक मात्र मोटरसाइकल र चार पांग्रे गाडीको लागि ह

    • प्रकाशित मितिः श्रावण २, २०७८
    • ४८६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विपी प्रतिष्ठानमा प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा जाँचबुझ समिति

    धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न सरकारले प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्याल संयोजक रहेको एक जाँचबुझ समिति गठन गरेको छ । प्रधानमन्त्री एवं कुलपति कार्यालयले हिजो बिहिबार सचिव अर्यालको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेको हो । प्रधानमन्त्री कार्यालयका एक उपसचिवका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा जाँझबुझ समिति गठनको फाइल अघि बढेको थियो । तर, असार २८ गते सर्वोच्चको संवैधानिक इजलाशको फैसला आउने भएपछि समिति गठन हुन सकेको थिएन । सोही फाइल कार्यान्वयन गर्ने क्रममा बिहिबार समिति गठन भएको नाम उल्लेख नगर्न आग्रह गर्दै ती उपसचि

    • प्रकाशित मितिः श्रावण १, २०७८
    • ४०३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • स्वर्गीय मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस मनाउदैँ

    धरान/ स्वर्गीय मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस मनाउदै गर्दा शुक्रबार धरानमा नेकपा एमालेको दुवै समुहका नेता, कार्यकर्ताहरुले एकताको सन्देश दिएका छन् ।केपी ओली पक्षका नेता विजयकुमार राईले पार्टीभित्र अन्तरसंघर्ष हुनु स्वभाविक भएपनि विभाजन गर्न नहुने धारणा राखे । उनले पनि धरानबाट पार्टी एकताको सन्देश निद सफल भएको बताए । उपमेयर मञ्जु भण्डारी सुवेदीले तारा सुब्बाको स्मरण गर्दै धरानको स्मार्ट बसपार्क योजना अघि बढेको जानकारी गराएकी थिइन् । स्थानीय नेता नारायण सुवेदीले पार्टी एक हुनुको विकल्प नभएको भन्दै नेताहरुलाई पार्टी एकढिक्का बनाए लैजान आग्रह गरे ।नेतृ सविता राईले सबैको अस्तित्व स्वीकार गर्

    • प्रकाशित मितिः श्रावण १, २०७८
    • २५८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज तेस्रो तारा सुब्बा स्मृति दिवस:धरानमा कार्यक्रम गर्दै

    धरान/ आजै धरान उपमहानगरपालिकाले पनि स्वर्गीय तारा सुब्बाको तेस्रो स्मृति दिवसमा एक कार्यक्रम आयोजना गरेको छ । बिहान ११ बजे उपमहानगरको प्रांगणमा प्रदेश सभामुख प्रदिपकुमार भण्डारीको प्रमुख आतिथ्यमा स्मृति दिवस आयोजना गरिएको उपमहानगरले जनाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरमा विजयी भएका सुब्बाको २०७५ साउन १ गते निधन भएको थियो । आज स्वर्गीय मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस नेकपा एमालेका दुवै समुहले धरानमा संयुक्तरुपमा मनाउदैछन् ।बिहान धरान १९ हरियाली सामुदायिक वन समुह हाताभित्र रहेको तारा सुब्बा स्मृति पार्कमा दुवै समुहले संयुक्त कार्यक्रम गर्ने तयारी गरेका हुन् । बिहान ७ बजे क

    • प्रकाशित मितिः श्रावण १, २०७८
    • २७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एम्स एकेडेमीका १६ जना स्काउट रोभर–रेञ्जर दिक्षित

    धरान / धरान १२ को एम्स एकेडेमीमा नयाँ स्काउट रोभर रेञ्जरहरु दिक्षित भएका छन् ।एम्सका प्राचार्य मित्र तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले हरेक सरकारी विद्यालयहरुमा स्काउट शिक्षाबारे प्रशिक्षित दिने नीति उपमहानगरले लिएको र सोही अनुसार बजेट पनि छुट्याइएको बताइन् । उनले दिक्षित हुने रोभर रेञ्जरहरुले स्काउट शिक्षाबारे अरुलाई पनि ज्ञान बाँड्न आग्रह गरिन् । एकेडेमीले बिहिबार होटल पुर्वी स्टारमा दोस्रो दिक्षन्त समारोह आयोजना गरि १२ जना रोभर/रेञ्जर क्रियुहरुलाई दिक्षित गरेको हो । एम्स एकेडेमी सुनसरीमै प्लस टु पढाई हुने शैक्षिक संस्थाह

    • प्रकाशित मितिः असार ३१, २०७८
    • ३०८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सामुदायिक वनमा ११ हजार वृक्षरोपण

    ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहले खाली जग्गामा विभिन्न जातका ११ हजार २ सय बिरुवा रोप्ने काम सुरु गरेको छ ।  मोरङको कानेपोखरी गाउँपालिकामा रहेको सो वनको क्षेत्र नं. ३ समूहको खाली जग्गामा वृक्षरोपणको काम सुरु गरेको हो । बुधबार एक कार्यक्रम आयोजना गरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले, डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्रप्रसाद शाह र सामुदायिक वन उपभोक्ता वन महासंघको १ नम्बर प्रदेश समिति सचिव अग्नि पौडेलले सामूहिक रुपमा विरुवा रोपेर उद्घाटन गरेका थिए । वनको सात हेक्टर जग्गा

    • प्रकाशित मितिः असार ३१, २०७८
    • ४३५ पटक पढिएको
    • दिनेश सुब्बा
  • विवादमा धनकुटाका मेयर, सेवाग्राहीलाई हपारेको आरोप

    ‘तपाईकै घरमा पानी नआउने, तपाईकै घरमा गाडी नआउने, नाटक गर्नुहुन्छ ? कति नेगेटिभ तपाई ?स्थानीय तहको निर्वाचन भएर सरकार सञ्चालन गरेको लामो समयपछि धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ विवादको घेरामा तानिएका छन् । खानेपानी र फोहोर संकलन गर्ने गाडी नियमित आफ्नो टोलमा नआएको विषयमा नगर प्रमुखसँग जिज्ञासा राख्दा उल्टै गाली–गलोज गरेको आरोप धनकुटा नगरपालिका वडा नं. ६ परिचयमोड घर भएकी कोपिला शंकरले लगाएकी छन् । शंकर जनमोर्चा नेपाल धनकुटाकी जिल्ला सचिव हुन् । शंकरले असार २८ गते दिउँसो ११.३० बजे फोनमार्फत् नगर प्रमुख तामाङ र आफू बीच भएको विवादलाई आधार बनाएर पत्रकार सम्मेलन गरेकी हुन् । 

    • प्रकाशित मितिः असार ३१, २०७८
    • ३५८ पटक पढिएको
    • सन्तवीर लामा
  • बीपी प्रतिष्ठानको आन्दोलन : माग सम्बोधन गर्न बाबुरामको आह्वान

    पूर्वप्रधानमन्त्री एवम् जनता समाज पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धीकरण अभियानप्रति ऐक्यबद्धता जनाएका छन् ।प्रतिष्ठानलाई राजनीतिक हस्तक्षेपमुक्त राख्दै प्राज्ञिक मर्यादा कायम गर्नुपर्ने मागसहित प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा नागरिक अगुवाहरू समेतले ‘प्रतिष्ठान शुद्धीकरण अभियान’ शुरु गरेका छन् । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले प्रतिष्ठानसँग सम्बन्धित व्यक्तिहरू तथा नागरिक अगुवाहरूलाई गिरफ्तार समेत गरेको थियो । यो गिरफ्तारीले निवर्तमान सरकारको गैरजिम्मेवारपन अझ उदाङ्गएिको डा. भट्टराईले टिप्पणी गरेका छन

    • प्रकाशित मितिः असार ३१, २०७८
    • १७४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved