समाज

    Showing ९१-१०० of १२,०१९ items.
  • टेम्पो दुर्घटनामा बाजे र नातिको मृत्यु

    ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुमा शनिबार बिहान टेम्पो पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।उपचारका लागि काठमाडौं जाने जहाज चढ्न सुकेटार विमानस्थलतर्फ जाँदै गरेका पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका ७५ वर्षीय धनबहादुर गुरुङ  र उनलाई पुर्याउन हिँडेका फुङ्लिङ नगरपालिका–८ दोखुका ११ वर्षीय इशान गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने बाजे र नाति हुन् । दुर्घटनामा नाङ्खोल्याङमै घर भएका टेम्पो चालक गङ्गाराम राई गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • १०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • इलामः उम्मेदवारलाई भोट र किसानलाई धान थन्काउने चिन्ता

    चुनावी सरगर्मी बढ्दै गर्दा उम्मेदवार, नेता र कार्यकर्तालाई भ्याइनभ्याइ छ । आसन्न मङ्सिर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा धेरैलाई चुनावले तानेको छ ।किसानलाई चुनावी सरगर्मी भन्दा खेतीपातीको चटारो छ । बरु उनीहरु पानीले पाकेको धान थन्क्याउन नदिएला कि भनेर पिरोलिएका छन् । पाकेको धान भकारीमा थन्क्याउने चटारोमा छन् । जिल्लाका अधिकांश किसान यतिबेला धान थन्क्याउने चटारोमा छन् । उनीहरुलाई निर्वाचनमा कसले जित्ला र सरकार बनाउँला भन्ने भन्दा पनि यो पटक कति धान भित्र्याइएला भन्ने चिन्ता बढी छ । इलाम सूर्योदयका जगन्नाथ सापकोटा भन्नुहुन्छ, “वर्षभरिको कमाइ यहीँ धान हो

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • ६७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वैदेशिक रोजगारीमा अलपत्र परेकाको उद्धार

    धरान । वैदेशिक रोजगारी अन्तर्गत कुवेत गएर अलपत्र परेका सातजना नेपाली श्रमिकलाई उद्धार गरी नेपाल ल्याइएको छ । दुई महिनासम्म तलब नदिई काम मात्रै गराएपछि उनीहरूले कम्पनीविरुद्ध आवाज उठाएका थिए । सोही कारण उनीहरू अलपत्र हुन पुगेका थिए । उनीहरूलाई धर्म ओभरसिज प्रा.लि. र सञ्चारकर्मी जीवन शर्माको पहलमा बिहीबार राति स्वदेश ल्याइएको छ । उद्धार गरिएकाहरूमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, सहनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी रहेका छन् । सम्झौता विपरीत काम लगाएको र तलब नदिएको पीडितहरूले बताएका । छन् । उनीहरूका अनुसार कम्पनीले दैनिक १४ घण्टासम्म काममा लगाएको थियो ।स

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • ५१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अङ्कुश लगाउने काम बन्द गर्नुपर्छ’

    नेपाल पत्रकार महासङ्घ झापा शाखाको आज वार्षिक साधारणसभा सम्पन्न भएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले साधारणसभाको उद्घाटन गरे ।अध्यक्ष पोखरेलले कार्यक्रममा निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अङ्कुश लगाउने कामको विरोध गरे । उनले सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै निर्वाचन आयोगले सञ्चार माध्यममाथि अङ्कुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गरे । अध्यक्ष पोखरेलले सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयलाई लिएर जथाभावीरूपमा निर्वाचन आयोगले पत्र काट्दै स्पष्टीकरण सोध्ने गरेको र त्यस्तो काम तत्काल बन्द गरिनुपर्ने बताए। उनले भने, “प्रेस काउन्सि

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • ७९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उत्कृष्ट एक पाठकलाई हरेक महिना १० हजार पुरस्कार

    कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट एक जना पाठकले हरेक महिना रु। १० हजार पुरस्कार पाउने भएका छन् । पठन संस्कृतिलाई प्रभावकारी बनाउन टीकापुरस्थित सरोकार समूह र पुस्तकालयबीच भएको सहमतीअनुसार पुस्तकालयले यस्तो व्यवस्था गरेको हो । सरोकार समूहका अध्यक्ष प्रशान्त अर्याल र पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले  शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । यो व्यवस्था भएपछि सामुदायिक पुस्तकालयमा गएर अध्ययन गर्नेहरु मध्येबाट प्रत्येक महिना एकजना पाठकले सो पुरस्कार पाउने भएका हुन् । समूहका अध्यक्ष अर्यालले पछिल्लो समय प्रविधि र स्मार्ट फोनले पढ्ने बानी हट्दै गएको बताए। ‘‘काठमाण

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • १०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • मनोसामाजिक अपाङ्गता भएकाको मताधिकार सुनिश्चिताको माग

    आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचनमा  मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिने वातावरण नभएको भन्दै प्रदेश निर्वाचन अधिकृत होमनाथ पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सो सम्बन्धमा इन्द्रराज सुवेदी, कल्याणबन्धु वाग्लेसहितको टोलीले विभिन्न कानुन निर्देशिका लगायतमा भएको विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपाङ्गता भएकाहरु मताधिकार एवं उम्मेदवार हुने अधिकारबाट वञ्चित हुनु परेको जनाउँदै शुक्रबार यहाँ ध्यानाकर्षणपत्र बुझाउनु भएको हो ।प्रचलित ऐन, नियम, नियमावली तथा निर्देशिकाहरूमा मानसिक सन्तुलन ठीक नभएको व्यक्ति चुनावी प्रक्रियामा भाग

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • १०८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राष्ट्रपति शनिबार स्वदेश फर्कंदै

    राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कंदै हुनुहुन्छ । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड गएकी थिइन् । गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा उनले विशेष सम्बोधनसमेत गरेकी थिइन् । साथै उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गरेकी थिइन् ।राष्ट्रपति भण्डारी आज आइसल्याण्डबाट प्रस्थान गरी नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै भोलि शनिबार काठमाडौँ आइपुग

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • १२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव

    ‘ब्लड क्यान्सर’ पीडित खोटाङको बराहपोखरी गाउँपालिका–१ गहतेका आठ वर्षीय कौशल थापाको उपचारमा अर्थाभाव भएको छ । क्यान्सर लागेको थाहा पाएपछि कान्ति बाल अस्पताल काठमाडौँमा दुई महिनादेखि उपचाररत कौशलको थप उपचारमा अर्थाभाव भएको हो । किमोथेरापीबाट उपचार भइरहेको छोराको उपचारका क्रममा हालसम्म रु पाँच लाखभन्दा बढी खर्च भइसकेको बुवा सुशील थापाले बताए । “छोरा बिरामी परेपछि विदेशमा कमाइ गर्दागर्दै उसको उपचार गर्न घर फर्किएँ”, उनले भने, “क्यान्सर गम्भीर रोग भएका कारण उपचारमा ठूलो खर्च लाग्ने रहेछ । आफूले कमाएको पैसा पनि त्यसैमा सकियो । छोराको ज्यान बचाउन अहिले सबैसँग अपिल गरिरहेका छौँ ।”उपचारमा संलग्न चि

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • ८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • माछा उत्पादनमा रमाउँदै बिशाल

    ब्रिटिस आर्मीमा भर्ती भएर भविष्य निर्माण गर्ने लक्ष्य भएका झापाका बिर्तामोड निवासी बिशाल राईले २०१० देखि २०१३ सम्म तीनपटक प्रयास गरे । तीनैपटक उनी छनौट हुन असफल भए । तेस्रो प्रयासपछि राईले आर्मीमा भर्ती हुने सपना त्यागे । बि स २०४८ सालमा जन्मेका उनी आर्मीमा भर्ती हुन नसकेपछि नेपालमै केही गर्ने लक्ष्यका साथ कृषि पेशामा हाम फाले । बिर्तामोड नगरपालिका–१० मा उनको २ बिगाहा जमिन पैत्रिक सम्पति थियो । उनले त्यही जमिन प्रयोग गरेर कृषि पेशा अपनाउने निर्णय गरे । त्यही जमिनमा केही गरेर उदाहरणीय किसान बन्ने लक्ष्य उनले लिए । माछा तथा मासुजन्य पदार्थमा नेपाल बिदेशको भर पर्नुपरेको तथ्य उनलाई थाहा थियो

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • ११८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आगोबाट जली ५ बर्षीय बालकको मृत्यु

    भोजपुरको हतुवागढी गाउँपालिका ५ स्थितमा आगोलागि हुँदा ५ बर्षीय बालकको जली मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे हतुवागढी ५ का शन्त बहादुर राईको भान्साकोठामा खाना पक्राउने क्रममा ग्याँस लिक भई हुँदा बाँसको बेरा र टिनको छाना भएको भान्सा कोठामा आगलागि भएको थियो । आगलागिबाट राईको ३० बर्षीया श्रीमती आशाराई र ५ बर्षीय छोरा जली घाईते भएकोमा स्थानिय स्वास्थ्य केन्द्र घोडेटारमा प्राथमिक उपचार पश्चात दुबैलाई थप उपचारको लागि घोपा धरान लैजादै गर्दा आयुष राईको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।उक्त आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रण गरिएको कार्यालयले जना

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • ६१ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved