राजनीति

    Showing १०१-११० of १,७१६ items.
  • मोरङका युवा नेता थापाद्वारा दश हजार माक्स वितरण

    लक्ष्मीमार्ग/नेपाली कांग्रेस  निकट युवा संगठन नेपाल तरुण दल मोरंङका उपाध्यक्ष खेम थापाको अगुवाइमा मोरंङको १७ वटै स्थानीय तहहरूमा दश हजार माक्स वितरण भइरहेको छ । कोरोना भाइरसको महामारीको संक्रमणबाट जोगिदै सामाजिक कार्यमा लाग्न युवा साथीहरूलाई सहयोग पुगोस् भनेर जिल्लाका १७ वटै स्थानीय तहहरूमा दश हजार माक्स वितरण अभियान चलाएको बताए । महामारीबाट जोगिन सबैले माक्स, सेनिटाइजर प्रयोग गर्नुपर्ने युवा नेता खेम थापाले बताए । हालसस्म ८ वटा स्थानीय तहमा माक्स वितरण गरिसकिएको र ९ वटा स्थानीय तहमा वितरण गर्न बाँकी रहेको थापाले बताए ।

    • प्रकाशित मितिः असार ७, २०७७
    • ३६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मंगलबारे अस्पतालको नाम परिवर्तनका विरुध्द अनिश्चितकालीन अनसन

    उर्लाबारी । प्रदेश १ सरकारले नीति तथा कार्यक्रममा मोरङको उर्लाबारी मंगलबारेस्थित मंगलबारे अस्पतालको नाम परिवर्तन गरेको विरुद्धमा दलसम्मिलत संयुक्त संघर्ष समितिले आजबाट अनसन सुरु गरेका छन् । समितिले आइतबारबाट अनिश्चिकालीन रिले अनसन सुरु गरेका हुन् । मंगलबारे अस्पतालको गेट अगाडि नै अनसन बसेका हुन् । हिजो उर्लाबारीमा मोटरसाइकल ¥याली निकालिएको थियो । प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा मंगलबारे अस्पतालको नाम फेरेर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने घोषणाविरुद्ध नागरिक आन्दोलित बनेका छन् । आन्दोलनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्ट

    • प्रकाशित मितिः असार ७, २०७७
    • १९१ पटक पढिएको
    • मदनबाबु प्रसाई
  • राष्ट्रिय जनमुक्तिका युवालाई कोभिड १९ बारे सचेतना

    धरान । कोभिड–१९ बारे राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संस्था जनमुक्ति युवा महासंघ धरान नगर समितिका युवाहरूलाई सचेतना गराइएको छ । शनिबार धरानको होटल पूर्वीस्टारमा आयोजित कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा. किशोर गुरुङले कोरोनाबारे सचेतना गराए । उनले कोरोनाबाट बच्नका लागि भौतिक दूरी र भिडभाडमा नजानका लागि आग्रह गरे । उनले कोभिड १९ बाट बच्नका लागि अनावश्यक काममा बाहिर ननिस्किनका लागि आग्रह गरे । उनले मास्क र सेनिटाइजर लगाउन सल्लाह दिए । महासंघका नगर अध्यक्ष मनि राईले युवाहरूलाई कोरोना भाइरस कस्तो खाल्को भाइरस हो र यसबाट बच्नका लागि अपनाउनुपर्ने उपायको बारेमा जानकारी गराइएको बताए । राष्ट्र

    • प्रकाशित मितिः असार ७, २०७७
    • २२५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जनता आवास कार्यक्रममा अनियमिमताको संकेत

    लक्ष्मीमार्ग । मोरङको बेलबारी नगरपालिकाको ‘जनता आवास कार्यक्रम’ मा अनियमितता भएको भन्दै नेपाली कांग्रेस र जनता समाजवादी पार्टी बेलबारीले सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । जनता आवास कार्यक्रम अन्तर्गत विपन्न घर परिवार घर निमार्ण गरिदिने कार्यक्रममा व्यापक अनियमितता भएको कांग्रेस र जनता समाजवादीले ठहर गरेको छ । बेलबारी नगरपालिका, साहारा नेपाल र ह्याबिटेड फर ह्युमानिटेड नेपालको संयुक्तमा बेलबारी–३, ४ र ११ नम्बर वडामा घर निर्माण भइरहेको हो । निर्माणाधीन घरहरू निर्माणमा प्रयोग गरिने सामग्री सम्झौता विपरीत कम गुणस्तरका प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ । विपन्नको नाममा आवास ब

    • प्रकाशित मितिः असार ५, २०७७
    • १५८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चीनले कब्जामा लिएका १० भारतीय सैनिकलाई छाड्यो

    एजेन्सी / चीनले गलवानको भिडन्तमा कब्जामा लिएका १० भारतीय सैनिकलाई बिहीवार बेलुकी मुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। सैन्य स्रोतलाई उद्धृत गर्दै द हिन्दु पत्रिकाले मुक्त गरिएकामध्ये एक लेफ्टीनेन्ट कर्णेल र तीन जना मेजर रहेको बताएको छ। भारत सरकारले यो खबरको पुष्टि गरेको छैन र भारतीय सैनिकहरू हराइरहेको भन्ने पनि पुष्टि गरेको छैन। गलवान उपत्यकामा भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने यसले दुई शक्ति राष्ट्रबीच तनाव बढाएको थियो। चीनले भिडन्तमा आफ्नो पक्षको क्षतिको बारेमा बोलेको छैन। भारतका भने कम्तीमा पनि ७६ सैनिक घाइते भएका छन्। दुवै देशले एकअर्कालाई भिडन्तका लागि

    • प्रकाशित मितिः असार ५, २०७७
    • ३३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपाली सेना र सशस्त्रका प्रमुख कालापानी क्षेत्रमा, भारतीय चासो

    धरान / प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल कालापानी क्षेत्र पुगेका छन् । भारतीय सुरक्षा निकायले यसलाई नजिकबाट नियालेको बताइएको छ । भारतीय सञ्चारमाध्यमले थापा र खनाल कालापानी क्षेत्रमा पुगेको विषयलाई प्रकाशन तथा प्रशारण गरेका छन् । इन्डियन एक्सप्रेसले नेपालको राष्ट्रियसभाले नेपालको नयाँ नक्शा समेटेको निशान छाप अनुमोदन गर्न संविधान संशोधन प्रस्ताव पारित गर्नै लाग्दा सेनापति सशस्त्रका आइजीपीसहित कालापानी नजिकैको छाँगरुमा पुगेको भनेको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग समेटेर नेपालले नयाँ नक्शा जारी गरेपछि भारत असन्तुष्ट रहँदै आएको छ । संसदब

    • प्रकाशित मितिः असार ५, २०७७
    • २६९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

    धरान । राष्ट्रियसभाले हिजो पारित गरेको संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी हुन् । दुवै सदनबाट बहुमतले पारित गरेको विधेयकलाई बिहीबार अपरान्ह राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको विधेयक राष्ट्रियसभामा बुधबार पुगेको थियो । बिहीबार राष्ट्रियसभाको छलफलमा ५७ जना सदस्यले मतदान गरेका थिए । जबकि राष्ट्रियसभामा ५९ जना हुने व्यवस्था छ । एक सिट खाली रहेको राष्ट्रियसभ

    • प्रकाशित मितिः असार ५, २०७७
    • ५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानको खानेपानी असफल भएको भन्दैं बोर्ड अध्यक्ष मेयरलाई ज्ञापन पत्र

    धरान / पानी जस्तो गम्भीर विषयमा स्थानिय सरकार कानमा तेल हालेर बसेको भन्दैं धरान उपमहानगरपालिकालाई संघीय लिम्बुवान मञ्च सुनसरीले ज्ञापन पत्र बुझाएको छ । आज मेयर तिलक राईलाई भेटी पार्टीले ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा कमिसनको चक्करमा फसेर एडिविको खानेपानी योजना असफल भएको दावी गदैं परीक्षण कालमा रहेको बेला पानी उपभोक्ताले सहज उपभोग गर्न नपाएको उल्लेख गरिएको छ । वर्षायामको महिनामा पनि धरानमा खाने पानीको समस्या खेप्नु भनेको धरानको स्थानिय सरकार जनताप्रति उत्तरदायित्व बोध नभएको त्रापन पत्रमा उल्लेख गरिएको छ । विगत लामो समयदेखि धरानको दीर्घकालिन खानेपानी समस्या समाधानको लागी कुल लगानी स

    • प्रकाशित मितिः असार ४, २०७७
    • ३२७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोना लखेट्न प्रदेशमा ‘थ्रि टिको’ नीति: मन्त्री घिमिरे

    विराटनगर /  प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरसलाई लखेट्न प्रदेश सरकारले ‘थ्रि टि’ को नीति लिएको बताएका छन् । मन्त्री घिमिरेले प्रदेशमा कोरोना भाइरस हटाउन ट्रेसिङ्ग, टेस्टिङ्ग र ट्रिटमेन्टको नीति लिएको बताएका हुन् । यी तीन माध्यमबाट हामीले कोरोनालाई लेखेट्दै आएको उनको भनाई छ । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज परिसरमा निर्माण गरिएको कोभिड उपचार केन्द्रबाट बिहीबार कोरोनालाई जितेर डिस्र्चाज भएका ४० जनालाई विदाई गर्दै मन्त्री घिमिरले प्रदेशमा कोरोना नियन्त्रण हुँदै गएको बताए । कोरोना संक्रमण अन्त्यको आधार तय हुँदै गएको उनले बताए

    • प्रकाशित मितिः असार ४, २०७७
    • २९८ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • राष्ट्रियसभाबाट पनि संविधान संशोधन विधेयक बहुमतले पारित

    धरान । संविधान संसोधन विधेयक राष्ट्रियसभाले पनि सर्वसम्मतले पारित गरेको छ । बिहीबार सम्पन्न मतदानमा ५७ जनाले मतदान गरेका थिए । राष्ट्रियसभामा ५९ जना रहने व्यवस्था छ तर, एक सिट खाली छ भने अध्यक्षले मतदान गर्ने प्रावधान छैन । उपस्थित सबै सदस्यले संशोधनको पक्षमा मतदान गरेका थिए । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार बहुमतले नै संविधान संशोधन प्रस्तावमा मतदान गरेका छन् ।

    • प्रकाशित मितिः असार ४, २०७७
    • ७६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved