एसिया

    Showing ८१-९० of ४४५ items.
  • आज स्वस्थानी व्रतको साङ्गे

    काठमाडौं । स्वस्थानी व्रत कथाको आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेकाे व्रतकाे अाज विधिवतरूपमा समापन हुन लागेकाे हाे । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रमण गर्ने र पूजाआजा गर्ने चलन छ । स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएका स्थानमा पू

    • प्रकाशित मितिः माघ १७, २०७४
    • २६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘ओशो जागरण अभियान धर्म र विज्ञानलाई जोड्नका लागि हो’

    ‘ओशो दर्शन’का बिषयमा धेरै बहसहरु बजारमा छन् ।बजारमा हुने गरेका कतिपय चर्चाहरुलाई ओशोका अनुवाईहरुले ‘अनाबश्यक ब्याख्या’ भन्ने गरेका छन् । ओशोका अनुयायीहरुले भने ओशोलाई ‘आध्यात्मा र विज्ञान’लाई अनुभव गर्ने दर्शनको रुपमा ब्याख्या गर्छन । बहस,टिकाटिप्पणीका बाबजुतपनि नेपालमा ओशोका अनुवाईहरु दिनप्रतिदिन बढ्दै गएका छन् । ओशो आफैले धेरै पुस्तकहरु लेखेका छन् ,उनका अनुवाईहरुलेपनि पुस्तक निकालेका छन् तिनै पुस्तकलाई अनुवाद गरेरपनि ओशोका बारेमा बास्तविकता बुझाउन अनुवाईहरु लागि परेका छन् । अहिले ‘ओशो साहित्य’का झण्डै एक हजार पुस्तकहरु बजारमा छन् ।ओशोको दर्शन केहो र यसको जिबनसँग कस्तो सम्बन्ध छ भनेर बुझाउन

    • प्रकाशित मितिः माघ १७, २०७४
    • ४१४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज चन्द्र ग्रहणः यी राशीलाई हेर्न निषेध, के गर्न हुन्छ, के गर्न हुँदैन ?

    काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक समिति नेपालका अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले जानकारी दिए । ‘शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हाँस्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नहुन्छ’,’उनले भने । धर्मशास्त

    • प्रकाशित मितिः माघ १७, २०७४
    • २१० पटक पढिएको
    • ब्लाष्ट खबर
  • पुराणमा तुलादानको होड, ४५ लाख संकलन

    पानवारी । सहिद स्मृति मावि धरानमा कम्प्युटर शिक्षाका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले सञ्चालित महायज्ञमा आइतबारसम्म छैठौं दिनसम्म आइपुग्दा ४५ लाख आर्थिक सहयोग जुटेको छ । मंगलबारसम्म महायज्ञमा ४३ जनाले तुलादान गरेका छन् । पहिले पहिले पुराणमा तुलादान गर्ने भक्तजनहरु एकदमै कमै मात्रामा हुने गरेको भन्दै यसपाली धेरैले तुलादान गरेको प्रचार संयोजक बोधराज कुवरले बताएका छन् । महायज्ञमा मगलबार काठमाडौ निवासी रविकिरण र शशिकिरण रायमाझीले एक लाख एक हजार एक सय एघार रुपैया दान गरेका छन् । त्यस्तै काठमाडौ निवासी कृष्ण गोपाल श्रेष्ठले पनि एक लाख एक हजार एक सय एघार रुपैया दान सहयोग गरेका छन् । अनुपा प्रधान

    • प्रकाशित मितिः माघ १७, २०७४
    • २०३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • माघ १७ गते खग्रास चन्द्रग्रहण लाग्ने

    काठमाडौं/ जनवरी ३१ अर्थात् माघ १७ गते खग्रास चन्द्रग्रहण लाग्दैछ। माघ १७ गते नेपाली समयअनुसार साँझ ५ बजेर ३३ मिनेटमा चन्द्र ग्रहण सुरु हुनेछ । त्यस दिन नेपालमा ५ बजेर ३७ मिनेटमा चन्द्रमा उदाउनेछ । अर्थात् दक्षिण एसियाली क्षेत्रबाट देख्दा चन्द्रमा उदाउँदा नै ग्रहण सुरु भइसकेको हुनेछ । व्राजिल, चिली तथा पश्चिमी अफ्रिकी मुलुकहरु बाहेक अधिकांश मुलुकहरुमा प्रष्ट रुपमा यो ग्रहणको प्रभाव देखिने भएको छ । ‘खग्रास चन्द्रग्रहण भएकाले चन्द्रमाको पूरैभाग पृथ्वीको छायाले छेकिएको हुनेछ, नेपालमा चन्द्रमा उदाएकै बेला प्रष्ट रुपमा ग्रहण देखिने छ तर धेरैजसो पश्चिमा मुलुकहरुमा ग्रहण लाग्दा लाग्दै अस्ताउने छ ।’ न

    • प्रकाशित मितिः माघ १५, २०७४
    • १७६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुन धितो राखेर किराँत महोत्सव

    भद्रपुर/ आफ्नो कला संस्कृतिको जगेर्नाका निम्ती सुन धितो राखेर महोत्सवलाइ निरन्तरता दिदै आएको पाइएको छ । झापाको भद्रपुर ८ स्थित किराँत कल्याण समितिद्धारा प्रत्येक वर्ष किराँतहरुको मुख्य चाड उधौलीको अवसर पारेर किराँत कोलेनीमा महोत्सवलाइ निरन्तरता दिदै आएको हो । किराँत महोत्सव समिति भद्रपुरले आइतबार साँझ पत्रकार सम्मेलन गरी निमार्णाधीन भवन तथा महोत्सवको उद्देश्यका वारेमा जानकारी गराएको छ । विगत ११वर्ष देखी मेलाको आयोजना गरी प्रत्येक वर्ष बचेको रकमवाट सामुदायीक भवनमा खर्च गरिरहेको किराँत कल्याण समितिका सदस्य मनोज सुब्वाले जनाए । महोत्सवमा राष्ट्रिय कलाकार इन्दिरा जोशी , प्रमोद खरेल, विष्णु सापको

    • प्रकाशित मितिः माघ १५, २०७४
    • १८९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • फागुन ४ गते तामाङ जातीले सोनाम ल्होछार मनाउने तयारी तीव्र

    काठमाडौं/ आउँदो फागुन ४ गते परेको राष्ट्रिय सोनाम ल्होछार २८५४ मनाउने तयारीलाई तामाङ समुदायले तीव्र पारेका छन् । नेपाल तामाङ घेदुङको संयोजकत्वमा बनेको राष्ट्रिय सोनाम ल्होछार मूल समारोह समितिले विभिन्न उपसमितिहरु गठन गरेको र भब्य रुपमा मनाउने तयारी गरेको मूल समारोह समितिका संयोजक तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले जानकारी दिए । विविध झाँकीसहितको र्‍याली, प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा मूल समारोह गर्ने तयारीका साथै तामाङ मौलिक भेषभुषा, खानालगायतको प्रदर्शनी र चर्चित तामाङ कलाकारहरुको प्रस्तुतिसहितको साँस्कृतिक कार्यक्रमको तयारी भएको संयोजक गोलेले बताए । जसका लागि तामाङ घेदुङ प्

    • प्रकाशित मितिः माघ १२, २०७४
    • १९३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यी ७ व्यक्तिलाई कहिल्यै नगर्नुस् नमस्कार…

    हिन्दु शास्त्रका अनुसार नमस्कार गर्नुले मानिसको मर्यादा पालन, अनुशासन, व्यवहार र विचारलाई दर्शाउँछ । तर, नमस्कारका पनि आफ्नै केही मर्यादा हुन्छन् जसका बिना नमस्कारको प्रभाव अधुरो हुन्छ । यी मर्यादा पालन गर्न सके नमस्कार जीवनका लागी हितकर हुन्छ । सामान्यतया नमस्कारले सम्मान वा स्नेह प्रकट गर्ने गर्छ । नमस्कारले मानिसमानिसबीचको सम्बन्धलाई गहिरो बनाउने मात्र होइन् मानिसको व्यक्तित्व, चरित्र र व्यवहारलाई पनि दर्शाउँछ । मानिसले थोरै झुकेर नमस्कार गर्दा मानिसको अंहकार हट्छ भने मानसिक र व्यवहारिक दोषलाई पनि हटाउन सहयोग गर्छ । नमस्कारले धेरै सकारात्मक असर गर्छ । तर, कहिले काही केही यस्ता व्यक्ति हुन

    • प्रकाशित मितिः माघ १२, २०७४
    • २७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सरस्वती पूजामा जेनिथले गर्यो पुरस्कार वितरण

    पथरी । मोरङको कानेपोखरी गाउँपालिका –४रमाइलोमा रहेको जेनिथ इङ्लिस स्कुलले सरस्वती पूजाको अवसरमा विविध कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार विद्यालयले विद्यालयमा सरस्वती पूजाको आयोजना गर्दै तेस्रो त्रैमासिक परीक्षामा प्रथम,द्धितीय र तेस्रो हुनेलाई पुरस्कार वितरण गरेको हो । पुरस्कार शैक्षिक सामाग्री प्रत्येक विदयार्थीहरलाई उपस्थीत अभिभावहरुबाट वितरण गरिएको थियो । कक्षा ८ बाट प्रथम यशोदा दंगाल,द्धितीय रुपेश राय र तृतीय मनिका मगर भएका थिए । त्यसैगरी कक्षा ७ बाट सौरभ दंगाल प्रथम, करुणा गिरी द्धितीय र सरोज चौधरी तृतीय भएका थिए । कक्षा ६ बाट प्रथम योगश लिम्बू, द

    • प्रकाशित मितिः माघ ८, २०७४
    • २४६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज श्रीपञ्चमी मनाइँदै सरस्वती पूजा स्कुल स्कुलमा

    काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्

    • प्रकाशित मितिः माघ ८, २०७४
    • २७३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved