काठमाडौं/ पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको स्वस्थानी व्रतको आज विधिवत् समापन गरिएको छ। यसपटक चन्द्र ग्रहण परेकाले बिहानै व्रत समापन गर्नुपरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

बुधबार व्रत समापन नगर्ने व्रतालुले भने फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म श्रीस्वस्थानी माताको व्रत समापत गर्न सक्ने समितिले जनाएको छ।

व्रत समाप्तिका दिन स्वस्थानीको पूजा गरी एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्री चढाउने र रातभर जाग्राम बस्ने चलन छ।

व्रत अवधिभर पुशपति, गौरीघाट,गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएको स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा एक महिनासम्म भक्तजनको घुइँचो लागेको थियो।