Trending Tags

अपराध

    Showing २२१-२३० of २,९९३ items.
  • पाँच लाख धरौटिमा छुटे मिटरब्याजी एजाज

    विराटनगर । गैरकानूनी मानिएको मिटरब्याज धन्दामा लगानी गरेको आरोपमा पक्राउ परेका विराटनगर – ९ घोघापुल चौकका २८ वर्षिय एजाज अहमद धरौटिमा छुटेका छन् । मोरङ अदालतका न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले एजाजलाई पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आइतबार आदेश दिएको हो । अदालतले तोकेको धरौटी रकम बुझाएर एजाज रिहा भएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।मोरङ प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन गत बिहीबार बुझाएको थियो । सरकारी वकिलको कार्यालयले एजाजसहित अन्य तीन जनालाई फरार प्रतिवादी बनाएर मोरङ अदालतमा शुक्रबार ‘अपराधिक लाभ लिएको’ मुद्दा दर्ता

    • प्रकाशित मितिः माघ ४, २०७७
    • २७६ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • बलात्कारपछि बालिका बेच्न खोज्ने पक्राउ

    विराटनगर/ जबरजस्ती करणी गरेपछि विभिन्न प्रलोभन देखाएर भारत बेच्न लगिएकी एक जना बालिकाको उद्धार गरिएको छ । तेह्रथुम घर भई धरानस्थित दिदीको घरमा बस्दै आएकी १४ वर्षीया एक बालिकालाई प्रहरी र साना हातहरू नेपाल नामक संस्थाले उद्धार गरेपछि जबरजस्ती करणी भएको घटना बाहिर आएको हो । प्रलोभन देखाएर बालिकालाई भारततर्फ बेच्न लाने र जबरजस्ती करणी गरेको आरोपमा धरान उपमहानगरपालिका–१७ का ३० वर्षीय आशिष सुनारलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख इन्स्पेक्टर दीपक थापाले जानकारी दिए । पहाडबाट धरान आएकी ती बालिका धरानस्थित दिदीको घरमा बस्दै आएकी थिइन् । दिदीको घरमा बस्ने क्रममा सुनारसँग

    • प्रकाशित मितिः माघ ४, २०७७
    • ५८६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘दादा भत्ता’ नदिदा ठेक्दारको गाडी तोडफोड, आक्रमणकारी फरार

    विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका भरि खोला ठेक्का लिएको बीएनडी कन्ट्रक्सनको स्कारपीय गाडी स्थानिय युवाको समूहले तोडफोड गरेका छन् । खोला ठेक्का लिदा ठेक्दारले ‘दादा भत्ता’ नदिएको आरोपमा कन्ट्रक्सनको गाडी शुक्रबार राती तोडफोड गरेका हुन् ।मोरङको मिक्लाजुङ गाउँपालिका घर भएका दिपेश मगर, जोसन श्रेष्ठलगायतका एक दर्जन बढी युवाको समूहले बीएनडी कन्ट्रक्सनको नाममा रहेको प्रदेश १–०२००२ च ४१९७ नम्बरको सेतो स्कारपियो गाडी तोडफोड गरेको किटानी जाहेरी परेको इलका प्रहरी कार्यालय उर्लाबारी प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेले जानकारी दिए । श्रेष्ठ र मगरको समूहले बीएनडी कन्ट्रक्सनका संचालक भुपाल श्

    • प्रकाशित मितिः माघ ३, २०७७
    • ६६९ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ

    मोरङ । मोरङकाे  बिराटनगर महानगरपालिका १६ स्थित सिमा क्षेत्रबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका ६ बस्ने २८ बर्षीय आशिस मगर रहेका छन् । बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाइ हिजो बेलुका ६ बजे नियन्त्रणमा लिएको  १ नम्बर प्रदेश प्रहरी , विराटनगरले जनाएकाे छ  । नियन्त्रण पश्चात उनि उपर चेकजाँच गर्दा लुपिजेसिक ११ एम्पुल, डाईजापाम ११ एम्पुल, एभिल ११ एम्पुल, फेनारगन ११ एम्पुल र नाईट्राभेट ४५ ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको कार्यालयले जनाएकाे छ । कार्उालयका अनुसार

    • प्रकाशित मितिः माघ ३, २०७७
    • २६५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लागूऔषध कारोबार र ट्राफिक नियम उल्लङ्घनमा कडाइ

    भद्रपुर । जिल्लामा बढ्दो लागूऔषध कारोबार र ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कडाइ गरिने जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले बताएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँबाट भर्खरै सरुवा भएर झापा आएका एसपी भट्टराईले शुक्रबार झापाली पत्रकारहरूसँग गरेको संक्षिप्त परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन् । जिल्लामा लागूऔषध र दुव्र्यशनीको सङ्ख्या बढी रहेको प्रहरीको तथ्याङ्कमा पाएको उनले जनाए । भारतीय सीमा बजारमा सहज रुपमा लागूऔषध खरिद गर्न पाउँदा यो समस्या बढ्दै गएको उनको भनाइ छ । २०६२ सालमा इलाका प्रहरी कार्यालय काँकडभिट्टामा  इन्सपेक्टरमा कार्यरत हुँदा&nb

    • प्रकाशित मितिः माघ ३, २०७७
    • १५१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपाल– भारत पेट्रोलियम पाइपलाइनमा प्वाल पारी डिजेल चाेरी

    ब्लाष्टखबर । नेपाल– भारत  पेट्रोलियम पाइपलाइनमा प्वाल पारी डिजेल चाेरी भएकाे भारतिय संञ्चार माध्यमले जनाएकाे छ । भारतीय संञ्चार माध्यम नव भारतका अनुसार नेपाल भारतकाे सिमान भन्दा करिव १ सय २० किलाेमिटर टाढा बिहारकाे सिवन जिल्लामा रहकाे पाइपलाइनलाइ प्वाल पारी हजारै लिटर डिजल चाेरी भएकाे हाे  । बुधबार पाइपलाइनबाट आएकाे डिजलकाे प्रसर कम भएकाे  भएपछि इन्डियन अयल कर्पाेरेसनलाय साेकाे जानकारी गराएकाे बताउँदै , अमलेखगञ्ज डिपो प्रमुख तथा पेट्रोलियम पाइपलाइन आयोजना प्रमुख भरत रेग्मीले   करिब १० इन्च व्यास भएको पाइप लाइनमा ड्रिल मेसिनबाट दुलो बनाएर अर्को पाइप जोेडी डिजे

    • प्रकाशित मितिः माघ २, २०७७
    • २९७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विराटनगरमा फाेटाे खिच्न बाेलाएर क्यामरा लगायतका सामाग्री चाेरी

    देउराली । फोटो खिच्न बोलाएर क्यामेरा लगायत फोटोग्राफीका सामाग्री चोरी गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा  झापा जिल्लाको अर्जुनधारा नगरपालिका ६ महानन्द चोकका २० वर्षीय अनुप ढकाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका अनुसार अनुपले पुस २५ गते विराटनगरमा भव्य फेसन सो भइरहेको र उक्त कार्यक्रमको फोटो खिच्नु पर्ने भन्दै पोखरा  महानगरपालिका २० नम्बर वडाका २८ वर्षीय विमल कार्कीलाई बोलाएका थिए ।२४ गते ईसेवाबाट पेश्की स्वरुप ४ हजार समेत पढाएपछि विश्वास गरेर आएका कार्कीलाई अनुप र उनको सहयोगी बुढिगंगा गाउपालिका १ मा रहेको आरएन होटल एण्ड लज पुर्याएका थिए । क

    • प्रकाशित मितिः माघ २, २०७७
    • ३४८ पटक पढिएको
    • डम्बर कार्की
  • लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

    झापा । झापाको बुद्धशान्ति गाउँपालिका-३ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानीय ४१ बर्षीय दिनेश कुमालाई ४ ग्राम लागूऔषध ब्राउनसुगर र नगद ४ हजार सहित तथा ४३ बर्षीय शेषराज सापकोटालाई १० ग्राम ब्राउनसुगर, कोडिन ३ बोतल,नाईट्रोजन २० चक्की,डिजिटल तराजु-१ थान र मोवायल थान-२ सहित शुक्रवार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः माघ १, २०७७
    • १८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दश कक्षा पढेकाले ‘पीएचडी’ को नाममा बाह्रसयलाई ठगी

    धरान । दश कक्षा पढेका धनुषाका एक व्यक्तिले आफू साहित्यमा विद्यावारिधि गरेको भन्दै सुनसरीको इनरुवामा मात्रै करिब १२ सयजना ठगी गरेका छन् । क्यानडास्थित टोरन्टो विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेको भनी ठगी गर्ने धनुषा गणेशमान चारथान नगरपालिका ८ का ४७ वर्षीय रामवली दनुवारलाई पक्राउ गरिएको हो । उनले सीप सिकाउने बाहानामा ११ सय ९७ जनालाई ठगी गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इनरुवा १ बजारमा उनले सीप परीक्षणसम्बन्धी शाखा कार्यालयमार्फत् सर्वसाधारण ठगी गरेका थिए । उक्त सीप परीक्षणको प्रधान कार्यालय प्रदेश ५ को रुपन्देहीको भैरहवामा रहेको छ ।

    • प्रकाशित मितिः पुष २९, २०७७
    • २६४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बिराटनगरमा बेवारीसे अवस्थामा भन्सार छलिका सामान बरामद

    ब्लाष्टखबर । विराटनगरमा भन्सार छलि गरी चोरी पैठारी गरी ल्याएको खाद्यन्न लगायतका सामान प्रहरीले बरामद गरेको छ । महानगरको १४ नम्बर वडा स्थित जतुवा नजिकैबाट भारतको जोगवनीबाट भन्सार छलि गरी ल्याएको अन्दाजी १८ हजार मुल्य बराबरको खाद्यन्न सामाग्री प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका अनुसार बरामद सामानहरुमा प्याज २ बारा ८० केजी, लसुन २ बोरा ८० केजी, चिनी २ बोरा ४० केजी  र विभिन्न ब्राण्डका बिस्कुट १ बोरा रहेका छन् ।त्यसैगरी, महानगरको १७ नम्बर वडा मटेरुवा नजिकैबाट भन्सार छलिगरी नेपाल भित्र्यमइएको अन्दाजी ३० हजार मुल्य बराबरको  १५० पिस पर्सहरु बरामद भ

    • प्रकाशित मितिः पुष २९, २०७७
    • २४९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved