धरान । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) सुनसरीको ‘हिसान स्पोर्ट्स मिट–२०८१’ को अवसरमा शिक्षा रत्न सम्मानबाट श्यामबहादुर कटुवाल सम्मानित भएका छन् ।
सुनसरीको धरानस्थित विष्णु मेमोरियल स्कुल परिसरमा सम्पन्न समापन कार्यक्रमको अवसरमा सामुदायिक तथा निजी विद्यालय स्थापनादेखि प्रशासन क्षेत्रमा महŒवपूर्ण योगदानको मूल्याङ्कन गर्दै कटुवाललाई शिक्षा रत्न सम्मानबाट सम्मानित गरिएको हो । यस्तै शिक्षा पत्रकारिता पुरस्कारबाट इटहरीका पत्रकार कृष्ण बहावलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा हिसानका केन्द्रीय अध्यक्ष रमेश शिलवाल, धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडा, हिसान सुनसरी अध्यक्ष तथा कार्यक्रमका सभापति सागर भट्टराईलगायतले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
हिसान स्पोर्ट्स मिटमा ‘हिसान स्कुल अफ दी इयर’ यस वर्ष पनि इटहरीको विश्व आदर्श कलेज बन्न सफल भएको छ । उसले हिसान स्पोटर््स मिटमा १२ वटा स्वर्णपदक, दुइटा कास्य र तीनवटा रजत पदक हात पारेको छ । गतवर्ष पनि विश्व आदर्श नै हिसान स्कुल अफ दी इयर बन्न सफल भएको कार्यक्रम सञ्चालक एवम् हिसान सचिव सुवास लुइँटेलले जानकारी दिए ।
हिसानले २३ विधाका ३३ खेलहरू सञ्चालन गरेको थियो । समापन कार्यक्रमको
अवसरमा आयोजित नृत्य प्रतियोगितामा भने धरान आदर्श प्रथम बन्दा धरान मेघा
दोस्रो, कोशी सेन्ट जेम्स कलेज तेस्रो र कस्तुरी कलेज चौथो बनेको छ ।
विजेताहरूलाई जनही नगद १० हजार, सात हजार, पाँच हजार र तीन हजार
रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको अध्यक्ष सागर
भट्टराईले जानकारी दिए । हिसानले हरेक वर्ष ‘इनडोर र आउट डोर’ खेलहरू
खेलाउँदै आएको छ । हिसानमा सुनसरीका २८ वटा शिक्षालय आबद्ध छन् ।