धरान-८ कविरटोल स्थित अरनिको मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थीले साकेला नाच प्रदर्शन गरेका छन् ।

किरात राई समुदायको उँभौलीको अवसरमा विद्यार्थीहरुले साकेला नाच प्रदर्शन गरेका हुन् । स्कुलले शुक्रबार विद्यार्थीहरुलाई आफ्नो मौलिक पोशाकमा बोलाएको थियो । साकेला सिली प्रदर्शनका लागि ढोल झ्याम्टा बजाउन जान्ने १० जना मान्छे बोलाएर विद्यार्थीलाई तथा शिक्षकलाई साकेला नचाईएको सो विद्यालयकी शिक्षिका चन्दा राईले जानकारी दिईन् ।

विद्यार्थीहरुलाई आफ्नो मौलिक कला संस्कृति बारे जानकारी गराउन र संस्कार संस्कृति सिकाउन यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । विभिन्न चाड पर्वका अवसरमा स्कुलमा विद्यार्थीहरुलाई सहभागी गराएर यस्तो कार्यक्रम आयोजना गर्ने गरिएको छ ।