धरान । कोशी प्रदेशको राजधानी विराटनगरमा आज (आइतबार बिहान) घटनासँग सम्बन्धितै नभएको सरकारी संस्थाको गाडीमा आगजनी गरेका छन् । 

गत बिहीबार मनपरी शुल्क वृद्धिको विरोधमा मोरङको रङ्गेली नगरपालिका तोडफोड र नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना विद्यार्थी पक्राउ गरेको थियो । सोही विरोधमा विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी चढेको सवारी साधनलाई आगो लगाएका हुन् । 

कार्यालयतर्फ जाँदै गरेको समयमा आइतबार बिहान १० बजेतिर क्याम्पस छेउको मोडमा पुगेपछि विद्यार्थीहरूले गाडी रोकेर आगजनी गरेको उनले बताएका छन् । उनले आफूलाई घटनाको विषयमा पनि कुनै जानकारी नभएको तर एक्कासि आएर विद्यार्थीले घेरेको र चालकलाई पनि बाहिर निकालेर पेट्रोल छर्केर आगजनी गरेको बताए । 

केही दिनअघि रङ्गेली नगपालिका तोडफोड र नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले ६ जना विद्यार्थीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । उक्त विद्यार्थीको रिहाइको माग गर्दै विद्यार्थीहरूले शुक्रबार विराटनगरमा धर्ना तथा प्रदर्शन गरेका थिए । 

सोही घटनामा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडी आगजनी गरेको हो । १०–१२ जनाको समूहमा आएका विद्यार्थीहरूले गाडी तोडफोड साथै आगजनी गरी क्षति पु¥याएका छन् । आयोगको को.१ झ ६४४ नम्बरको स्कारपियो गाडी आगजनी भएको छ । 

उनले आफूलाई घटनाको विषयमा पनि कुनै जानकारी नभएको तर एक्कासि आएर विद्यार्थीले घेरेको र चालकलाई पनि बाहिर निकालेर पेट्रोल छर्केर आगजनी गरेको बताए । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विद्यार्थीको समूहले आगजनी गर्नुअघि नेपाल विद्युत् प्राधिकरणको पाँच वटा गाडीमा पनि क्षति पु¥याएको जनाएको छ । प्रहरीका अनुसार प्राधिकरणको बा.१ ञ १८८७,  को.१ ञ २४१९, प्रदेश १–००१ ञ २७०१,  प्रदेश १–००१ ञ २७९०, ८१८० नम्बरको गाडी तोडफोड गरेका हुन् । गाडीको सिसा लगायतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

रङ्गेलीमा घटना भएपश्चात् प्रहरीले रङ्गेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रङ्गेली–७ का १८ वर्षीय रमणकुमार राय, रङ्गेली–८ का १९ वर्षीय विषेक झा र रङ्गेली–२ का मिलन मिश्रलाई पक्राउ गरेको थियो । ती समूहको आक्रमणबाट चारजना नगर प्रहरी पनि घाइते भएको मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जनाएका थिए । उनका अनुसार नगर प्रहरीहरू सुनिता पौडेल, प्रमोद पासवान, पदमबहादुर थापा र ज्योति घिमिरे घाइते भएका थिए ।