धरान/धरान उपमहानगरपालिकाकाले आगमी नीति तथा  कार्यक्रममा अपांग तथा असहायहरुको समस्यालाई समेट्ने गरि योजना बनाउने मेयर साम्पाङले बताएका छन्।

आईतवार  धरान १९ स्थित अपांंग तथा असहाय केन्द्रद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङ्ले उक्त प्रतिबद्धता जनाएका छन्।

धरानका सरकारी कार्यालयहरुमा अपांग मैत्री भवन निर्माण नहुदा धेरैले समस्या भोग्नुपरेको छ। राज्यले अपांगहरुको लागि  आत्मनिर्भर बन्ने उपयुक्त कुनै पनि योजना ल्याउन नसक्नु अपांगलाई समान नभएको बताउँदै उपमहानगरपालिकाले आगामी बजेटम अशक्त र अपांग  वर्गलाई  शिक्षा, स्वास्थ्य तथा स्वरोजगारको विषयमा समेटिने गरि निति ल्याउने बताए।

व्यक्तिगत तथा विभिन्न सामाजिक संघ संस्थाले लक्षित वर्गलाई सहयोग उपलब्ध गराएको प्रति आफु सकारात्मक भएको बताए।

यस संस्थाबाट बर्षौदैखि सहयोग पुर्याउँदै आएका अशोक अग्रवालले निस्वार्थ रुपले अपांग  तथा असहायलाई सहयोग गर्ने गरेको बताए ।

उनले अपांगता भएकाहरुलाई गाँस, बास तथा शिक्षा र स्वास्थ्य उपचारका लागि निरन्तर  सहयोग पुगोस भन्ने भावनाले  सहयोग गर्दै आएको बताए ।

पछिल्लो समय संस्थामार्फत २० घर परिवारहरूलाई खाद्यन्न सामाग्री बितरणसँगै ६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ। जन्मदै कानको बनावटको समस्याबाट पिडित ३ बर्षी लकी श्रेष्ठको शल्यक्रिया उपचार गर्न काठमाडौं पठाउनुको साथै उपचारकालागि१ सय २५ जनाको स्वास्थ्य विमा गरिएको छ।