विराटनगर । इन्टरसिटी कविता प्रतियोगिताको उपाधि विराटनगरस्थित सेन्ट मेरिज स्कुलकी आर्शी पोखरेलले जितेकी छन् ।

विराट हेल्थकेयर इण्डष्ट्रिजले ‘विश्व महिनावारी स्वच्छता’ दिवसको अवसर पारेर मङ्गलबार आयोजना गरेको प्रतियोगितामा २९ जना विद्यार्थीहरूलाई पछि पार्दै आर्शीले कविता प्रतियोगिताको उपाधि जितेकी हुन् । उनले उपाधिसँगै नगद १५ हजार रुपैयाँको साथै वाइट मुन सेनेटरी प्याड र चियुरा हेल्थको तर्फबाट विभिन्न गिफ्ट ह्याम्पर जितेकी छन् ।

यसैगरी प्रतियोगिताको द्वितीय इटहरीस्थित विश्व आदर्श स्कुलकी साइमा कार्की र तृतीय विश्व आदर्श विद्यालयकै अदिती भट्टराई भइन् । उनीहरूले क्रमशः ९ हजार र ६ हजार जितेका छन् । प्रतियोगितामा नौ वटा विद्यालयका ३० जना विद्यार्थीहरूले भाग लिएका थिए । प्रतियोगिताको निर्णायकहरूमा विराट टिचिङ अस्पतालका उपाध्यक्ष डेनिस कार्की, विराट हेल्थकेयर इण्डष्ट्रिज ब्रान्ड प्रबन्धक दीक्षा थापा, सशीकला तिवारी खड्कालगायत थिए ।