विराटनगर । विराटनगरस्थित कोवास कलेजमा युकेको एसीसीए कोर्ष पढाइ हुने भएको छ । यही नयाँ शैक्षिक सत्रबाट उक्त कोर्ष कोवासमा सुरु गर्ने भएको हो ।

नयाँ कोर्ष कलेजमा सञ्चालन गर्ने भएपछि शनिबार विद्यार्थीहरूलाई जानकारी दिनको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । कोवासमा एसीसीए अध्ययनको लागि ५१ जना विद्यार्थी भर्ना भएको कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा ३ सय ५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रमको सहजीकरण चार्टर एकाउन्टेन्ट अश्विनी ठाकुर, कोवास कलेजका एसीसीए डाइरेक्टर रन्जीत साह, रवि साहले विद्यार्थीहरूलाई एसीसीएको बारेमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका प्रथम रजिष्ट्रार डा. भेषप्रसाद धमला रहेका थिए । विशिष्ट अतिथिमा नेपाल राष्ट्र बैङ्क कोशी प्रदेशका प्रमुख बुद्धराज शर्मा रहेका थिए ।

त्यसैगरी प्रभु बैङ्क कोशी प्रदेशका प्रमुख बद्री कटुवाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरना, सिद्धार्थ बैङ्क कोशी प्रदेशका प्रमुख कमल बस्नेत, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता कोवास कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठले गरेका थिए ।