धरान/ दिव्य रोशनी  साप्ताहिक पत्रिकाको २० औं वार्षिकोत्सवको अवसरमा ३ जना पत्रकार सहित एक सामाजिक अभियन्तालाई  सम्मान गरिएको छ ।

धरानबाट साप्ताहिक रुपमा  प्रकाशीत हुने  दिब्य रोशनी साप्ताहिक पत्रिकाको स्थापना भएको  २० बर्ष प्रवेश गरेको वार्षिकोत्सवको अवसरमा धरानलाई कार्यक्षेत्र बनाएर  पत्रकारिता क्षेत्रमा निरन्तर काम गरिरहेका तीन जना पत्रकारलाई सम्मान गरेको छ।

 हरेक बर्ष दिव्य रोशनी पत्रीकाको बार्षिक उत्सबमा पत्रिकाका सम्पादक/प्रकाशक मनिता चाम्लिङले आफ्ना स्वर्गीय पिता क्वीन गोरखा इञ्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको नाममा स्थापना गरेको “उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान” बाट ब्लाष्ट टाईम्स दैनिकी संम्वादाता स्नेहा श्रेष्ठ, हाम्रो कोशी आवाजका शेखरनाथ योगि सम्मानित भएका छन ।

IMG_20240524_165323

त्यसैगरी चाम्लिङले आफ्ना दिवंगत कान्छा दाजु स्व. बाजुन राईको नाममा स्थापना गरेको “सृजनशील युवा पत्रकारिता सम्मान” सामुदायिक रेडियो  गणतन्त्र एफ एमका म्यानेजिङ डाईरेक्टर रोहित  कुमार बस्ने (डेबिट) समान गरेको छ। 

समानित पत्रकारहरुलाई जनही नगद ५ हजार ५सय ५ रुपैयँसहित सम्मानपत्र र खदाले सम्मान गरिएको छ। भने “उत्कृष्ट सामाजिक अभियन्ता सम्मान” बाट होप धरानका अध्यक्ष निश्चल पलिखे सम्मानित भएका छन। पलिखेलाई दोसल्ला तथा अभिनन्दन पत्रले सम्मान गरिएको हो।

धरानउपमहानगरपालिकाको कार्यापालिका परिसरको सभाहमा  भएको उक्त  कार्यक्रममा  प्रमुख अतिथि  धरान उपमहानगरपालिका नगर प्रमुख हर्कराज राई र  सम्पादक चाम्लिङले पुरस्कार प्रधान गरेका छन्। राईले पत्रकार भनेको समाजलाई सुशासन राख्ने साथै राज्यले गर्ने काममा खबरदारी गर्दै आमा जन्ता सामु वास्तविक सुचना पुर्याउने महत्त्वपूर्ण भुमिका हुने भएकाले पत्रकार हरुलाई समान गर्ने पछि पर्नु नहुने भन्दै धरानमाका पत्रकारहरुको समान गर्दै  मेयर साम्पाङले पत्रकार  पार्क बनाउने घोषणा समेत गरेका छन्। 

मेयर साम्पाङले पत्रकारहरुले गर्ने हरेक कार्यक्रमको उद्घाटन अथवा विसर्जन गर्ने गरि पार्क बनाउने बताएका छन्।

सो कार्यक्रम  वरिष्ठ पत्रकार हर्ष सुब्बा,  ईलाका प्रहरी कार्यालय धरानका डि एस पि मान बाहादुर राई, ट्राफी प्रमुख सुवास केशी, वडा नम्बर ४ का वडा अध्यक्ष धन बाहादुर राई महिला संजाल धरानको अध्यक्ष सपना राई लगाएको उपस्थिति रहेको थियो ।