धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा सञ्चालित खाजा घर नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याएको छ ।

छ महिनाअघि ठेक्का प्राप्त गरेको सुनिल क्यान्टिन तथा खुद्रा कपडा पसलले बुधबारबाट सञ्चालनमा ल्याएको हो । खाजा घरको उद्घाटन बीपी प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौला, अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले गरे ।

यसैबीच केक पनि काटिएको थियो । सञ्चालक सुनिल साहले २४ सै घण्टा सेवा दिने बताए । उनले आफ्नो खाजा घरमा खाना तथा खाजाहरू विगतभन्दा सस्तो र राम्रो खुवाउने दाबी गरे । यसअघि सो क्यान्टिन टेक्सन फुडको नाममा सञ्चालनमा आएको थियो ।