कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिएको छ।

प्रदेशसभाको सचिवालय हलमा आज आयोजित समारोहमा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम सचिव पराजुलीलाई शपथ गराएको हो। 

प्रदेशसभा सचिवका रुपमा उनको पाँच वर्षे पदावधी २०८१ वैशाख ८ गते पूरा भएकामा उनलाई प्रदेश प्रमुख पराशुराम खापुङले सो पदमा पुनः नियुक्त गर्नुभएको थियो। पराजुली विसं २०७६ साल वैशाख ९ गते कोशी प्रदेशसभाको सचिव पदमा नियुक्त भएका थिए ।