राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्र स्थापनार्थ कोशी नदीमा कौशिकी पूजन र महाकुम्भ स्नान गरेका छन् । 

व्राह्मणवरणसहित जगदगुरु बालसन्तसँगै अध्यक्ष लिङ्देनले रामनवमीका अवसरमा कोशी नदीमा पूजा अर्चना गर्दै महाकुम्भ स्नान गरेका हुन् । कौशिकी पूजनका क्रममा पण्डितहरुले मन्त्रद्वारा हिन्दूराष्ट्र घोषणासमेत गरेका छन् ।