राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धरान उपमहानगरपालिका-१५ मा वडा भेला आयाेजना समिति गठन भएको छ ।

पार्टीका धरान उपमहानगर समितिका सभापति सुमन श्रेष्ठ, प्रदेश समिति सदस्य राजेशमान श्रेष्ठ लगायतको उपस्थितिमा भएको भेलाले दलबहादुर खड्काको सभापतित्वमा ११ सदस्यीय वडा भेला आयाेजना समिति गठन गरेको हो । समितिको उपसभापतिमा डिल्लीराम गिरी र सचिवमा ललितमान योञ्जन चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गोमा गिरी, चन्द्रकला खड्गी, रिता तामाङ, रमेशकुमार विक, शंकर श्रेष्ठ, रोज खड्का, खड्गबहादुर भन्डारी र समिर तामाङ चयन भएका छ ।

रास्वपाको विधान अनुसार एउटा वडामा ५५ जना साधारण सदस्य भएपछि वडा भेला आयाेजना समिति गठन गर्न सक्ने व्यवस्था छ । सोहि व्यवस्था अनुसार सोमबार धरान-१५र आईतबार धरान-१३ मा वडा भेेला आयाेजना समिति गठन गरिएको पार्टीका नगर सभापति श्रेष्ठले जानकारी दिए ।