कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् ।  उनीहरुले मुख्यमन्त्री केदार कार्कीलाई आज दिउँसो भेटेर  राजीनामा दिएका हुन् ।

कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की  र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती सहभागि थिए ।

सोमबार बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले आजै पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो ।