इलाम । आगामी वैशाख १५ गने हुने उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार नेपाली काङ्ग्रेसका डम्बर खड्का, नेकपा (एमाले)का सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार लिम्बू, राप्रपाका लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै पहिचान पक्षधर विभिन्न ४१ राजनीतिक शक्ति र सङ्घ–संस्थाको समर्थनमा डकेन्द्र सिंह लिम्बू थेगिमले उम्मेदवारी दर्ता गराएका छन् । उनलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ ।

त्यस्तै राप्रपा नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, नेशनल रिपब्लिक पार्टीका धनराज राना मगर, मङ्गोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जीले पनि मनोनयन दर्ता गराएका छन् ।

अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, डाकप्रसाद गौतम, दीपेश बोहरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार २५ चैतमा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ गते उजुरीउपर जाँचबुझ गर्ने, २७ गते उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्य तालिका छ । २७ चैतमै उम्मेदवारहरूले चुनाव चिह्न पाउनेछन् ।

ब्लाष्ट टाइम्स दैनिकको छापा संस्करणमा भने भुलवश वैशाख २५ गते उम्मेदवारको विरोधमा उजुरी दिनेलगायतका विषय परेकाले उक्त कुरा सच्याइएको जानकारी गराउँदछौँ । सं.