धरान । नेपाली काङ्ग्रेस निकट नेपाल तरुण दलले रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदानमा ३९ युनिट रगत सङ्कलन भएको छ ।

नेपाल तरुण दल क्षेत्र नम्बर १ सुनसरीको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको नेपाल तरुण दल धरानका नगर सचिव मनोहर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार तरुण दलका क्षेत्रीय सभापति गणेश लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश महामन्त्री उमेश थापालगायतको उपस्थिति रहेको थियो । नेपाल तरुण दल धरान नगर समितिको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।