नेपाल मुस्लिम इतेदाह संगठन इफ्तार कार्यक्रमा पुर्व मन्त्री शेरधन राईले नेकपा एमाले मिसन चौरासीमा केन्द्रित रहेको  बताएका छन्।

 धरान १ स्थित  उघोग वाणिज्य संघको सभाहलमा भएको  मुस्लिम समुदायको एक महिना सम्म चल्ने रमजान  बृहत इफ्तार कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले पुर्व मुख्य मन्त्री शेरधन राईले  मुस्लिम समुदायलाई शुभकामना दिदै अब मुस्लिम समुदायलाई नेकपा एमालेको छाता  मुनि गोलबन्ध गरेर  सबै जाति समुदाय , धर्म ,संस्कृति लाई जोडेर  संगठन बलियो बनाएर  अगाडि बढ्ने बताए ।

राईले आफू  प्रदेश १ को पार्टीको  नेतृत्व र सुनसरी जिल्लाको इन्चार्ज भएको नाताले पुर्व मान्नीय जय कुमार राई र आफ्नो साझा पहलबाट  मुस्लिमहरुको शिक्षा र मदरसा स्थापना गर्ने  प्रतिबद्धता समेत गरेका छन्।

IMG20240331174149

 सता समिक्रण भएर बद्लिएको छ यसले नेकपा एमालेलाई घेरा लगाएर संगठन भत्काउन खोज्ने ,पार्टीलाई समाप्त गर्ने खोज्ने स्वार्थ बोकेको गठबन्धन भत्काउनु थियो त्यो  सफल भएको बताए । यसमा न हौसी नेकपा एमाले देश र जनताको भलाईमा लागि पर्ने थोर भएपनि सकरात्मक काम गर्ने बाताए।

उनले कुन मन्त्रालय कस्को भागमा परो कस्लाई ठुलो मन्त्रालय परो भने भाग बन्डा तिर ध्यान नगरि  देशमा संदकर्म,सद्भाव र सद्गुण कायम  गर्ने उदेश्यले सामुदायिक हित संविधान कर्म सहि नीतिले सबै जातिको उथान र विकासको लागि  नेकपा एमालेको तिनै तहको सरकार लागि परेको बताए।

देशकै  भरपर्दो  र धरिललो पार्टीको रुपमा नेकपा एमाले भएकाले एमाले पार्टी प्रति सबैको नजर घुमिरहेको हुदा अब राजनिती वैचारिक हिसाबले संगठनलाई धारिलो र भरपर्दो  बनाएर  पार्टी भित्र भएका समस्याहरुलाई सुदृढीकरण गरेर अब कसैको वैसाखे नटेकी  एक्लै अगाडि बढेने  २०८४ को मिसनमा केन्द्रित रहेको बताएका छन्।

उक्त कार्यक्रममा    पुर्व मन्त्री  साथै पार्टी इन्चार्ज  शेरधन राई,  नेपाल मुस्लिम इतेदाह संगठन तथा कार्यक्रममा सभा अध्यक्ष डाक्टर खालि हुसेन ,  हाजि जाकिर मिया,  प्रदेश मान्नीय रमेश कुमार बस्नेत ,विजय कुमार राई निवर्तमान मान्नीय जयकुमार राई, जिल्ला र नगरका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।