धरान डिपो स्कुलको प्राङ्गणमा जारी मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको सेमीफाइनलमा प्रभात स्कुल र होलिल्याण्ड प्रवेश गरेका छन् ।
आइतबार सम्पन्न क्वाटर फाइनल खेलमा प्रभात स्कुलले युनाइटेड गोर्खा स्कुललाई ४४–५ र होलिल्याण्ड स्कुलले सुनाखरी स्कुललाई ६६–७ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

आइतबार भएको पहिलो क्वाटर फाइनल खेलमा प्रभात र युनाइटेड गोर्खा स्कुलले प्रत्येक क्वाटरमा १५–४, २१–०, ०–१ र ६–० अंक जोडेका थिए । खेलमा प्रभात स्कुललका लियोन राईले व्यक्तिगत २५ अंक जोडे । यसैगरी दोस्रो क्वाटर फाइनल खेलमा होलिल्याण्ड र सुनाखरी स्कुलले प्रत्येक क्वाटरमा २६–४, १२–१०, १५–६ र १३–७ अंक जोडे । खेलमा होलिल्याण्डका डोनिस सुनुवारले व्याक्तिगत १७ अंक जोडेका थिए ।  

यस अघि आयोजक डिपो र कार्मेल स्कुल सेमिफाइनल प्रवेश गरिसकेका छन् । भोलिको पहिलो सेमिफाइनल खेल प्रभात र कार्मेल स्कुल र दोस्रो सेमिफाइनल खेल डिपो र होलिल्याण्ड स्कुल बीच हुनेछ ।    

डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटबल र धरान बास्केटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना भइरहेको छ ।