नगर प्याब्सन धरानको आयोजनामा भएको प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको उपाधि प्रभात इङ्लिस स्कुल धरान-१२ ले हात पारेको छ ।

प्रभातले नगद १५ हजारसहित ट्रफी मेडल र प्रमाण–पत्र हात पारेको छ । त्यसैगरी प्रतियोगितामा उपविजेता हुन सफल होलील्याण्ड इन्टरनेशनल स्कुल धरान–१५ ले नगद १२ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा तेस्रो हुने शिक्षा सन्देश बोर्डिङ  स्कुलले नगद ९ हजार ट्रफी मेडल र प्रमाणपत्र हात पाएएको गरेको छ । प्रतियोगितामा धरान प्याब्सन अन्तर्गतका स्कुल मध्येबाट २० वटा स्कुल सहभागी भएका थिए ।

प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्र विक्रम बेघाले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमको सभापतित्व प्याव्सन नगर अध्यक्ष राजकुमार लिम्बूले गरेका थिए भने कार्यक्रमको संचालन सचिव रविन न्यौपाने गरेका थिए ।

धरान–१७ स्थित एन्फा एकेडेमीको मैदानमा भएको सो खेलमा एन्फा सुनसरीको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा प्याव्सन सुनसरी अध्यक्ष अनुप योञ्जन तामाङ,धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ, एन्फा सुनसरी अध्यक्ष नवीन राईलगायतको उपस्थिति रहेको थियो ।