मोरङको बेलबारीमा जारी दोस्रो डाँगीहाट प्रदेशस्तरीय फुटवल प्रतियोगिताको फाइनलमा सिंहदेवी सिधुवा फुटवल क्लब धनकुटा प्रवेश गरेको छ। दोस्रो हाफको १० औँ मिनेटमा सन्दीप लिम्बूले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो।

सिंहदेवी सिधुवाले एपिएफ पकलीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। सिंहदेवी सिधुवाका सन्दीप लिम्बूले बान भर्सेस बानमा जाली चुमाएका थिए। खेल अवधिभर दुवै टिमले पाएका अवसरलाई गोल गर्न चुक्दा खेल १–० मा सकिएको हो। आजको खेलमा एपिएफका लागि सिंहदेवी सिधुवाका गोल किपर प्रनिन्जय गच्छ्यदार बादक बने ।

 खेलको म्यान अफ दि म्याच सिंहदेवी सिधुवा धनकुटाका क्याप्टेन विशाल भण्डारी घोषित हुँदै नगद रु दुइ हजार पाँच सय प्राप्त गरे। आजको  सेमिफाइनल धरान फुटलब क्लब र आयोजकबीच हुनेछ।

फागुन ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता डाँगिहाटस्थित काली माविको खेल मैदानमा सञ्चालन हुँदैछ। प्रतियोगिताको बिजेताले एक लाख ५१ हजार र ट्रफी प्राप्त गर्दा उपविजेता टिमले ७५ हजार ५ सय ट्रफी प्राप्त गर्नेछ।

प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याच र विधागत रुपमा सर्वोत्कृष्ट कोच, सर्वोत्कृष्ट मिडफिल्डर, सर्वोत्कृष्ट किपर, सर्वो त्कृष्ट डिफेन्स, सर्वोेत्कृष्ट फरवर्ड सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई पुरस्कृत गरिने छ। प्रतियोगिता सम्पन्न गर्न १४ लाख  लाग्ने आयोजकले जनाएको छ ।